Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुर गाउँ पालिकामा नेपाल बसोबास बस्ति संरक्षण समाजद्वारा ४० घरको सिल्यानास

  • मंसिर १६, २०८०
  • १४१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १६ मंसीर । नेपाल बसोबास बस्ति संरक्षण समाज जिल्ला कार्य समिति लहान सिरहा सुकुम्बासी दलित घरको सिल्यानास सिरहा जिल्लाको भगवानपुर गाउँ पालिकामा नेपाल बसोबास बस्ति संरक्षण समाज जिल्ला कार्य समिति लहान सिरहाद्वारा सुकुम्बासी दलितको लागि सिरहाको भगवानपुर गाउँपालिकाको ५ वटै वाडामा ८-८ वटा गरी जम्मा ४० अतिविपन्न घरधुरीहरुको पक्की घरको गा.पा. अध्यक्ष उग्रनरायण यादव द्वारा सुकुम्बासी दलित घरको शिल्यानास कार्यक्रमगरेको छ जिल्लाकै बढी गरिब मध्ये एक पालिका भगवानपुर पनि रहेको हुनाले आज यो नेपाल बसोबास बस्ति संरक्षण समाजको सहयोगमा यो सिल्यानस कार्यक्रम गरि चाडै नै पक्कि घर निर्माण गर्ने योजना रहेको छ ।

 

May be an image of 8 people and tree

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै पालिका प्रमुख यादवले यो योजना आउनु अगाबै मेरो बार्ता वहाहरु संग भैसकेको थियो र मैले यस पालिका अन्तर्गत कमसे कम ५०० घर निर्माण भए केहि राहत हुन्थ्यो आग्रह गरेका थिए हुनत यस पालिकामा गरिब बिपन्न भएको जम्मा २००० घर धुरी भन्दा पनि बढी नै छन् त्यसमा पनि ५०० घर निर्माण गरिदिए मेरो पनि बोल्ने ठाउँ हुन्थियो । आज जुन ४० घरको सिल्यानस गर्दा मैले विस्वाश राखेको छु कि अबको आउने दिनमा यहाहरुले अझै यस्तै सराहनीय कार्यक्रम गर्नु हुन्छ र यहाका गरिब बिपन्नका लागि सहयोग मेरै कार्यकालमा हुनेछ भनि मेरो विस्वाश छ । कार्यक्रममा बोल्दै बिओ पी का डिएसपी दुर्गा प्रसाद भट्टले आफु यस्ता कार्यमा सहभागी हुनपाउदा र यादव जस्तो क्रियाशिल पालिका प्रखुखको साथ पाउदा खुशी छु साथै म आए लगतै यहा प्रत्येक हप्तामा एक विद्यालयमा पढाउने  पनि गरेको छु  भनेका थिए ।

May be an image of 4 people and tree

 

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१