सप्तरीको खडक नगरपालिकाद्वारा एड्ससम्बन्धि विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न

  • मंसिर १५, २०८०
  • ६७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

१५ मंसिर , सिरहा । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस ठाउँठाउँमा विभिन्न कार्यक्रम मनाएका छन् । " समुदायको नेतृत्वमा एड्स विरुद्धको अन्त्य गरौं " मुल नाराका साथ आज सिरहाको नवराजपुर गाउँपालिक र सप्तरीको खडक नगरपालिकाको स्वास्थ्य शाखाले एकदिने सचेतना कार्यक्रम गरि मनाएका छन् ।

Open photo

यो सँगै टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१