ताजा समाचार

हावाहुरी पीडितका लागि सहयोग गर्न नायिका कसिसको अपिल

  • चैत १९, २०७५
  • ७१० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १९ चैत्र । बारा ,पर्सा र रौतहटमा हावाहुरीले भएको मानव , धनजन तथा कृषिवालीमा भएको क्षतिप्रति नायिका कसिस दहालले आफु घटनाप्रति मर्माहित भएको बताएका छन् । चैत्र १८ गते भएको घटना भयावह भएको भन्दै नायिका कसिसले राहत संकलन गरि प्रदेश २ को मुख्यमन्त्री राहत कोषको खाता नं. १२२०५०३०००००० मा सहयोग गरि दिन आग्रह गरेका छन् । यो सँगै घाईतेहरुलाई रगतको अभाव देखिएकोले रक्तदान गर्न जोड दिएको छ । यो घटनामा प्रदेश २ सरकारले गर्न सकिने क्षमताको धन्यवाद दिँदै संघीय सरकारले त्यसक्षेत्रमा विशेष राहतको व्यवस्था गर्न समेत नायिका दहालले आग्रह गरेका छन् । यसैबीच, नेपाल पत्रकार महासँघ सिरहा, मधेश मिडिया मिशन नेपाल केन्द्रीय कार्यालय लहान, मधेश पत्रकार महासँघ केन्द्रीय समिति जनकपुर, प्रेस मञ्च केन्द्रीय समिति र प्रदेश २ समितिले आफ्ना मातहतमा रहेका सदस्यहरुलाई राहत संकलन र हातोमालो गरी सक्रिय भइदिन आव्हान गरिएको छ । उता, लक्ष्मी फाउन्डेशन कन्स्ल्टेन्सी प्रालि लहानका मनोज खनालले घटनाप्रति मर्माहित हुँदै त्यसक्षेत्रमा पीडित बालबालिका मध्ये ६ जनालाई निःशुल्क पठ्नपाठनको लागि व्यवस्थापन गर्ने घोषणा गरेको छ । योसँगै फाउन्डेशनले मृत्तक परिवार तथा पीडित परिवारको लागि राहत उपलब्ध गराउँने तयारीमा जुटेको छ । हावाहुरीले बारामा २७ र पर्सामा ६ जनाको मृत्यू भएको छ भने ६ सय जति घाईते छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤