Siraha Times
ताजा समाचार

एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

  • मंसिर १०, २०८०
  • ९५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १० । सिरहाको धनगढीमाई ५ स्थित गोठ चौकमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा वीर युवा क्लबको आयोजनामा आयोजित शिविरमा स्थानियले आँखाको चेक जाँच गराएका हुन । आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आथित्यमा उद्घघाटन गरी शिविर सञ्चालन गरिएको थियो ।

संचालित आँखा शिविरमा सुखीपुर नगरपालिका ,गोल बजार नगरपालिका , बरियारपट्टी गाँउपालिका र धनगढीमाई नगरपलिका , लगायत क्षेत्रका बासिन्दा तथा विधार्थी गरी ३६५ जनाको आँखा जाँच गरिएको कल्बले जनाएको छ । आँखा जाँच गरिएकामध्ये ९५ जनामा मोतिबिन्दुको बिरामी फेला परेको आयोजक कल्वका अध्यक्ष विरेन्द्र यादवले जनाए । यस्तै आँखामा समस्या देखिएका एक सय जनालाई थप उपचारका लागि अस्पताल जान सुझाब दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१