Siraha Times
ताजा समाचार

क्रमिक रूपमा विकासतिर फडको मार्दै अमित ठकुरी

  • मंसिर १०, २०८०
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १० । सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ भौगोलिक रूपले विकट मानिएको यस भेगमा वाडा अध्यक्ष अमित ठकुरीको कार्यकालमा विकासका लहर क्रमिक रूपमा अगाडि बढिरहेको छ । विगतका दिनहरूमा सास्ती भोग्दै आएका स्थानियको मोबाइलमा एकातिर नेटवर्कको ब्यबस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएका वाडा अध्यक्ष अमित ठकुरीको एकल प्रयासमा विद्युतीकरण जारिरहेको अवस्था रहेको पाईन्छ ।

भौतिक पूर्वाधार अन्तर्गत वाडा कार्यालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा वाडा बासीहरुलाई सहजरुपमा जग्गा धनी प्रमाण पत्र वितरण गराउनका लागि अन्तिम चरणमा रहेका वाडा अध्यक्ष अमित ठकुरीको दूरदर्शिताका कारण आम स्थानियलाई नागरिकता वाडा स्तरमा वितरणका लागि आज औपचारिक रूपमा धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरी सहित जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी लगाएतका टोलीद्वारा भौगोलिक अध्ययन र नागरिकता प्रमाण पत्र वितरणका लागि आवस्यक छलफल वाडा कार्यालयमा गरिएको छ ।

उपमेयर चौधरी सहित जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकारीहरुलाई वाडा कार्यालय परिसरमा वाडा अध्यक्ष अमित ठकुरीले खादा ओढाएर सम्मान गरेका हुन् ।नागरिकता प्रमाण पत्र वडामा वितरणका लागि वाडा अध्यक्ष अमित ठकुरी र प्रशासनिक निकाय बीचमा व्यापक छलफल गरिएको छ । छलफलमा वाडा सदस्य कुलबहादुर राउत , समाजसेवी गोकुल पोखरेल , स्थानिय समाजसेवी ,बुद्धिजीवी लगाएत सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकिय अधिकृत भवेश झा, हिया मण्डल लगायतको उपस्थितिमा स्थानिय जनताले नागरिकता प्रमाण पत्र प्राप्त गर्नका लागि भोगिरहेको सास्तीलाई वाडा अध्यक्ष अमित ठकुरीले खुलेर राखेका थिए । यता नागरिकता प्रमाण पत्र वाडा स्तरमा प्राप्त हुने खवरले स्थानिय जनता खुशी भएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीको विशेष निर्देशनमा उक्त टोली धनगढीमाई १४ मा पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१