Siraha Times
ताजा समाचार

सलहेश कला मन्दिर गठन

  • मंसिर ९, २०८०
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, मंसिर ९ गते । कला, संस्कृति संरक्षण गर्दै सिरहामा कला, गायन क्षेत्रलाई वढावा दिन ‘सलहेश कला मन्दिर’ गठन गरिएको छ । सिरहा पुस्तकालयमा आयोजित भेलाबाट प्रकाश दास ‘मानस’को अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष पशुपति यादव, सचिव जितेश कुमार कर्ण (वमवम), सहसचिव सहजाद खान, कोषाध्यक्ष दिपेन्द्र कुमार यादव रहेका छन् ।

यस्तै सदस्यहरुमा अमिसा उपाध्याय, देव सुन्दर मण्डल, रंजित कुमार सिंह, मुकुन्द यादव लगायत रहेका छन् । भेलामा कलाकार एवं राजनीतिकर्मी राजकुमार त्यागी, सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामति, पूर्वअध्यक्ष अरुण कुमार पासमान, जेम्स बोडिङ स्कूलका सञ्चालक विकास साह, शिक्षक रामभरोस यादव, पत्रकार नरेशचन्द्र बरबरीया लगायतको उपस्थिती रहेको थियो । सिरहाली आईडलको तयारीमा जुटेका सलहेश कला मन्दिरले सिरहा नगरपालिका क्षेत्रमा पहिलो चरणमा गायन, नृत्य, ड्रामा लगायतको क्षेत्रमा कलाकारको खोजी गरी मञ्च उपलब्ध गराउने र व्यवसायिकरणमा जोड दिने, प्रशिक्षण दिने जस्ता उदेश्यको साथ अगाडी वढेको छ ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१