रहमुल लहान ८ मंसिर । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराहा गाउँको गजेन्द्र यादव मगरदैताको घरमा हिजो दिउसो १;० बजे आगलागी घटनाको खवर सुन्ने बितिकै ४न.का वाडाअध्यक्ष रमेश कुमार यादवको अगुवाइमा जनप्रतिनिधिको टिम सहित आगलागी पिडितको घरमा पुगे सान्त्वनाका साथ सहयोग गरेका थिए । उक्त आगलागी घटनाबाट पिडित मगरदैताको घरमा १० लाख बराबरको धनमाल पुर्णरुपले जलेर खरानी भएको छ। पिडित यादव १ महिना अगाडी मात्रै रोजगारीको लागी मलेसिया गएको निजको पत्नी मुन्नी देवी यादवले जनाएकी छिन। पिडित यादवको घरमा अहिले उसको आमा, पत्नी र एक बच्चा रहेको र ती सबै ज्याला मजदुरी गर्न खेतबारी गएको बेला सो घटना घटेको छिमेकी राजेश यादवले बताएका छन।
एउटै फुसको घरमा बस्दै आइरहेको ती परिवारलाई अहिले यस्तो जाडोको समयमा हरिबिजोग भएको छ। खान,बस्न र लगाउन सार्है मुस्किल देखेर वडाअध्यक्ष यादवले तत्काल खाने बस्ने र लगाउने ब्यबस्था मिलाउने र थप सहयोगको लागी स्थानीय सरकार संग समन्वय र सहकार्य गर्ने बाचा पिडित समक्ष गरेका छन ।
पिडितहरुलाई तत्काल आफन्तको घरमा ब्यबस्थापन गरिएको छ। पिडित यादव गरीबी खेप्न नसकी रीण काढेर बिदेश कमाउन गएको बुझिएको छ यता उसको परिवार माथी यस्तो दु:खद घटना घटेको बखत सहयोग स्वरुप सहयोगी हातहरु अगाडी बढ्न जरुरी देखिएको छ भने स्थानीय सरकारको प्राथमिकतामा यो गरीब परिवार पर्न एकदमै जरुरी समेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस
‘घर–घरको शान’ अभियान अन्तर्गत लहान–२ मा स्वच्छता प्रवद्र्धनका लागि सडक नाटक तथा स्वच्छता र्याली सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic