सिराहाको लक्ष्मीपुर पतारीसहित अधिकाँश पालिकामा जनप्रतिनिधि कर्मचारी विहीन

  • मंसिर ८, २०८०
  • १०५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/ लहान ८ मंसिर । स्थानीय पालिकाहरुमा निजामती कर्मचारी र जनप्रतिनिधिको मनमौजी एश आरामको जताततै लहरै देख्न सकिन्छ । कर्मचारीतन्त्र र जनप्रतिनिधितन्त्र नेपालीका लागि एउटा ठुलो समस्याको रुपमा देख्न सकिन्छ । "उनीहरू" समयमा कार्यालय आउदैन् सर्वसाधारणको फोन उठाउदैन् सेवाग्राहीलाई अनेकन बाहानामा दु:ख दिने गरेका छन् । प्रशँग - सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बुधबार दिउँसो महेशपुर हरिनगरका दिनेश यादव पुग्दा जनप्रतिनिधि तथा कर्मचारीको अत्तोपत्तो थिएन् ।

गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर बाहिर , उपाध्यक्ष अमरकला यादव बाहिर , प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंह , आर्थिक प्रशासन शाखाका लेखापाल भरतकुमार दाससहितको कोठामा बाहिरको बोर्ड देखिएको थियो । सेवाग्राही दिनेश यादवका अनुसार 'म' लगायत दर्जनौं सेवाग्राही यताउता भौतारिएको अवस्थामा देखिएको थियोे ।

सेवाग्राहीहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह अहिलेसम्मकै सबैभन्दा भ्रष्टाचारी , कमिसनखोर व्यक्ति हो । हरेक योजनामा बिना कमिसन चेक बन्दैन । कतिपय अपुरो र अधुरो काममा पनि भुक्तानीसमेत गराइ सकेका छन् । फुलबारी आयल स्टोर भोटियाटोलबाट करोडौंको पेट्रोल कुपन काटिदै आएको छ। अधिकृत अशोककुमार सिँहलाई काङ्ग्रेसी कर्मचारीको रुपमा चिन्न थालिएको हो । अधिकृत सिँह माथि आधिकारिक छानबिन हुनु जरुरी देखिन्छ ।

यता, लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहलाई मो. ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा फोन उठेन् । यो सँगै हालसालै आएका आर्थिक प्रशासन शाखाका लेखापाल भरतकुमार दासको भ्रष्ट र कमिसनखोर लिलाले सीमै नाघिएको छ। लेखापाल भरतकुमार दास हप्तौंहप्तौं दिन गायब हुन्छ । दासको भ्रष्ट लिलाको करामत औरही लगायत जताततै उदयमान छ।

निजामती कर्मचारीका खोल ओढेका प्रमुख प्रशाासकीय अधिकृत लेखापाल भरतकुमार दास अन्य कर्मचारी तथा जनप्रतिनिधि आफ्नो घरायसी कामकाजमा व्यस्त हुँदा अफिस नआउँदा सेवाग्राही मारमा देखिन्छ। यता , लक्ष्मीपुर पतारी गाउँपालिकाका लेखापाल भरतकुमार दासलाई मो. ९८१३८१५८४२ मा फोन गर्दा फोन उठाउनु भएन् । त्यस्तै , सिराहाको सिरहा नगरपालिकामा पनि आज जनप्रतिनिधि कर्मचारी बिहीन देखिएको थियोे । सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव , नगरप्रमुख - डा. नवीन कुमार यादव, उप-प्रमुख बबिता कुमारी साह बाहिर बोर्डसहित अनुपस्थित देखिएको थियोे ।

निकायको एकहोरो अनुउपस्थितिले सेवा प्रभावित बन्दै जाँदा सरोकारवाला निकाय किन चुप? उनीहरूले एकदिन मात्रै हैन कहिलेकाहीँ हप्ता गायब हुन्छ । श्रोतका अनुसार सिराहाको सुखिपुर नगरपालिका, लहान नगरपालिका , कल्याणपुर नगरपालिका , गोलबजार नगरपालिका , लक्ष्मीपुर पतारी , औरही , बरियारपट्टीसहित अधिकाँश पालिकामा समयमा कर्मचारी जनप्रतिनिधि आउदैन् । यता, सेवाग्राही लर्कौ लाइनमा सेवा लिन घण्टौं उभेर निराश फर्किने गरेको अवस्था छ। खोई मानवता ? खोई इमानदारीता ? खोई जिम्मेवारी बहन? जस्ता प्रश्न उठेको छ । भनिन्छ " व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन " नारा नारामै सीमित देखियो ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१