Siraha Times
ताजा समाचार

केहि दिनमा गा.पा. उज्जयालो बनाउछु अध्यक्ष यादव

  • मंसिर ६, २०८०
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ मंसिर । सिरहाको नवराजपुर गाउँपालिका केहि दिनमै उज्जयालो बनाउछु अध्यक्ष शिव उदगार यादब(शिवा) ले बताएका छन। स्थानीय पालिका बासीको अनुरोध लाई मध्य नजर गर्दै गा.पा. अध्यक्ष यादवले वडा नं ४ सोनबर्षा चौक र वडा नं १ भगतीपुर चौक नजिक हुलाकी सडक को छेउमा रहेको दाहु लक्षण मन्दीर नजिक Tower light जडानको काम सम्पन्न गरेका छन।

त्यसै गरी हुलाकी सडक अन्तर्गतमा पर्ने प्रत्येक चौकहरुमा लाइट जडानको काम पनि सम्पन्न गरी सडकलाई उज्जयालो पारी दुल्ही झै सिंगारिएको छ भने यसलाई निरन्तरता दिई केही वर्ष भित्रमा पालिकाको हरेक टोल बस्तीमा यस्तै लाईट जडान गरी अँध्यारो मुक्त पालिका घोषणा गर्ने दाउमा गा.पा. अध्यक्ष यादव रहेको जानकारी अध्यक्ष यादवको स्वकीय सचिव कृष्ण यादवले दिएका छन।

यसो समग्र रुपमा हेर्नु पर्दा एक आर्थिक बर्षमा शिवउदगार यादव नेतृत्वको स्थानीय सरकारले धेरै उदाहरणीय कामहरू अगाडी बढाइ सकेको धेरै उदाहरणहरु देख्न सकिन्छ जस्तै ऐलानी जग्गा, पोखरी ठेक्का, सडक संजाल, शिक्षा, स्वास्थ्य, कृषि र पशु क्षेत्रहरु। तर दुखका साथ भन्नु पर्दा जुन जोश जांगरका साथ यादव नेतृत्वको स्थानीय सरकार अगाडी बढेको छ त्यसलाई असफल बनाउन बिपक्षीले बेला बखत बाधा अर्चन खडा गरिरहेको र प्रमुख प्रशासकीय अधिकृतको पनि चाहिने जति साथ र सहयोग नरहेको बिभिन्न गतिबिधिले देखाइ सकेको छ र यस तर्फ गा.पा. अध्यक्ष यादव चनाखो रहन अति आबश्यक रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

मधेशमा शिक्षा रूपान् ...

रौतहट, ०७ वैशाख । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ &ldquo ...

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१