हावाहुरीका पीडितलाई राहतको व्यवस्था गर, प्रदेश २ का दर्जनौ सँघसँस्थान सक्रिय

  • चैत १८, २०७५
  • ९३९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १८ चैत्र । बारा ,पर्सा र रौतहटमा हावाहुरीले भएको मानव , धनजन तथा कृषिवालीमा भएको क्षतिप्रति राष्ट्रिय कृषक समूह महासंघ प्रदेश २ का अध्यक्ष मुक्तिनारायण यादवले आफु घटनाप्रति मर्माहित भएको बताएका छन् । चैत्र १८ भएको हवाहुरीबाट अधिकाँश गरिब कृषकको मृत्यू, धनजन तथा कृषिवालीको क्षति भएकोले आफ्ना महासँघ अन्तरगतको जिल्ला शाखालाई राहत संकलन गर्न अध्यक्ष यादवले आव्हान गरिएको छ । यो सँगै घाईतेहरुलाई रगतको अभाव देखिएकोले रक्तदान गर्न जोड दिएको छ । अध्यक्ष यादवले कृषि क्षतिपूर्तीको व्यवस्था गर्न समेत सरकारलाई दवाव दिँदै वाली विरुवा वृक्षलाई संरक्षणको लागि त्यसक्षेत्रमा विशेषज्ञ पठाउँन सरकारसँग माग गरेको छ । यो घटनामा प्रदेश २ सरकारले गर्न सकिने क्षमताको धन्यवाद दिँदै संघीय सरकारले त्यसक्षेत्रमा विशेष राहतको व्यवस्था गर्न समेत महासँघ अध्यक्षले माग गरेको छ ।

यसैबीच, नेपाल पत्रकार महासँघ सिरहा, मधेश मिडिया मिशन नेपाल केन्द्रीय कार्यालय लहान, मधेश पत्रकार महासँघ केन्द्रीय समिति जनकपुर, प्रेस मञ्च केन्द्रीय समिति र प्रदेश २ समितिले आफ्ना मातहतमा रहेका सदस्यहरुलाई राहत संकलन र हातोमालो गरी सक्रिय भइदिन आव्हान गरिएको छ । उता, लक्ष्मी फाउन्डेशन कन्स्ल्टेन्सी प्रालि लहानका मनोज खनालले घटनाप्रति मर्माहित हुँदै त्यसक्षेत्रमा पीडित बालबालिका मध्ये ६ जनालाई निःशुल्क पठ्नपाठनको लागि व्यवस्थापन गर्ने घोषणा गरेको छ । योसँगै फाउन्डेशनले मृत्तक परिवार तथा पीडित परिवारको लागि राहत उपलब्ध गराउँने तयारीमा जुटेको छ । हावाहुरीले बारामा २७ र पर्सामा ६ जनाको मृत्यू भएको छ भने ६ सय जति घाईते छन् ।

प्रतिक्रिया दिनुहोस

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सुरुङ्गा नगरपालिका-५ ...

रहमुल लहान २६ चैत । सुरुङ्गा नगरपालिका -५ लाई “बालमैत्री स्थानीय शासन वडा” घोष ...

लहान १२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान २६ चैत । सिरहा जिल्लाको लहान नगरपालिका १२ अन्तर्गत भोटियाटोलको सदाय बस्तीमा सोमब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१