जसपा प्रवास संगठनका उपाध्यक्ष मनिष यादवलाई भव्य रुपमा सम्मान

  • कार्तिक २८, २०८०
  • १०६४ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

लहान - जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्रवास संगठनको उपाध्यक्ष मनिष यादवलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ।

दशै दिपावली तथा छठ पर्वको अवसरमा नेपाल आएका उपाध्यक्ष यादवलाई मंगलबार जसपा इनरुवा गाउँ समिति सुनसरीले भेगघाट तथा सम्मान कार्यक्रम गर्ने समय जुराएको थियोे ।उपाध्यक्ष यादव लामो समय देखि कतारमा बसेर त्यहाँ रहेका नेपालीहरुलाइ संगठित गरि नेपालमा आपत बिपत्त परेको बेलामा सहयोग गरि रहनु भएको छ।

जसपा नेपालको प्रवास संगठन हाल १८ वटा देशम चलिरहेको छ।प्रवास संगठनको उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका तथा नेपाली समाज कतार का ईन्चार्ज मनिष यादवले दिपावली तथा छठ पर्वको शुभकामना दिदै पार्टीमा जिवन भर निरन्तर सहयोग गर्ने गरेको बताउनु भयो।

साथै उहाँले इनरुवा नगरपालिकामा संगठन निर्माण कार्य प्रती ध्यान दिन जसपा सुनसरीलाई आग्रह गर्नु भयो। यस अवसरमा जसपा नेपालको केन्द्रिय सल्लाहकार सत्यनारायण मेहता, जिल्ला सह सचीव महानन्द यादव, जिल्ला सदस्य देव कृष्ण मेहता, शिक्षक फोरमको जिल्ला अध्यक्ष सुमन मेहता, २ न.क्षेत्रिय अध्यक्ष राम चन्द्र मेहता, मधेस राष्ट्रिय समितिको मुख्य सचीव दिलिप चन साहु लगायत नगरको पदाधिकारी ,सदस्यहरु, तथा सल्लाहकारहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरेको जसपा सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१