Siraha Times
ताजा समाचार

जसपा प्रवास संगठनका उपाध्यक्ष मनिष यादवलाई भव्य रुपमा सम्मान

  • कार्तिक २८, २०८०
  • ११८० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

लहान - जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्रवास संगठनको उपाध्यक्ष मनिष यादवलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ।

दशै दिपावली तथा छठ पर्वको अवसरमा नेपाल आएका उपाध्यक्ष यादवलाई मंगलबार जसपा इनरुवा गाउँ समिति सुनसरीले भेगघाट तथा सम्मान कार्यक्रम गर्ने समय जुराएको थियोे ।उपाध्यक्ष यादव लामो समय देखि कतारमा बसेर त्यहाँ रहेका नेपालीहरुलाइ संगठित गरि नेपालमा आपत बिपत्त परेको बेलामा सहयोग गरि रहनु भएको छ।

जसपा नेपालको प्रवास संगठन हाल १८ वटा देशम चलिरहेको छ।प्रवास संगठनको उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका तथा नेपाली समाज कतार का ईन्चार्ज मनिष यादवले दिपावली तथा छठ पर्वको शुभकामना दिदै पार्टीमा जिवन भर निरन्तर सहयोग गर्ने गरेको बताउनु भयो।

साथै उहाँले इनरुवा नगरपालिकामा संगठन निर्माण कार्य प्रती ध्यान दिन जसपा सुनसरीलाई आग्रह गर्नु भयो। यस अवसरमा जसपा नेपालको केन्द्रिय सल्लाहकार सत्यनारायण मेहता, जिल्ला सह सचीव महानन्द यादव, जिल्ला सदस्य देव कृष्ण मेहता, शिक्षक फोरमको जिल्ला अध्यक्ष सुमन मेहता, २ न.क्षेत्रिय अध्यक्ष राम चन्द्र मेहता, मधेस राष्ट्रिय समितिको मुख्य सचीव दिलिप चन साहु लगायत नगरको पदाधिकारी ,सदस्यहरु, तथा सल्लाहकारहरुको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न गरेको जसपा सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१