Siraha Times
ताजा समाचार

उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न कांग्रेस धनुषाको आग्रह

  • चैत १८, २०७५
  • १२११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत १८ नेपाली काग्रेंस धनुषाले बारा र पर्सा लगायत तराईका केही स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारण ३५ जना भन्दा बढीको मृत्यु र ५ सयभन्दा बढि घाईते एवम जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ’’यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्णका साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’’ कांग्रेस धनुषाले विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न आग्रह समेत गरेको छ । भने मृतक परिवारहरुलाई न्योचित क्षतिपुर्ति , घाईतेहरुको उपचार खर्च र घरबारबिहिनहरुको सम्पुर्णलाई गाँसबाँसको जोडदार मांग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१