Siraha Times
ताजा समाचार

मिथिला संस्कृतिको जगेर्ना गर्दै हुक्का लोली तथा दिपावली धुमधामका साथ मनाइदै

  • कार्तिक २६, २०८०
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक २६ । सिरहाको लहान लगाएत सबै भागहरूमा यतिबेला दिपावली र हुक्का लोली पर्व मनाईदै छ । हिन्दुहरुको महान चाड बडा दसैंपछिको तिहारको शुरुवात सँगै मिथिला संस्कृतिको जगेर्ना स्वरुप हुक्का लोली पर्व मनाउन र बनाउनमा यतिबेला आम समाजका अग्रजहरु दिनभरी व्यस्त देखिएका छन । मिथिला संस्कृतिको मौलिकता झल्किने गरी समाजका अग्रजहरुले बाबियो ,खर , सन्ठी लगायतको सामग्री प्रयोग गरेर हुक्का लोली बनाएर आफ्नो मौलिकताको पहिचानलाई अगाडि बढाउने चलन रहेको पाईन्छ ।

दीपावलीको मुख्य आकर्षण बनेको हुक्का लोलीको लागि आफ्ना घरभित्र रहेको पुरानो कपडा लाई तारले बाधेर हुक्का लोली बनाउन सकिने साथै कपडाबाट बनाईएको हुक्का लोलीलाई मट्टितेलमा भिजाएर बेलुका आगो सल्काएर लक्ष्मीपुजाको बेलुका हुक्का लोली खेल्दा आगोको डरले राक्षस, दानव, भुतप्रेत भाग्ने र घरमा लक्ष्मी भित्रिने जनविश्वास रहिआएको पाईन्छ । रमाइलोको लागि कतिपय अवस्थामा बालबालिकाहरूले बाँसको लामो कर्चीमा बाँसबाट निस्केको खोष्टालाई गाँसेर बेलुका आगो लगाएर हुक्का लोली खेल्ने चलन समेत रहेको पाईन्छ ।

धार्मिक परम्परा अनुसार सनपाटबाट निकालिएको सँठी, खरको प्रयोगले घरका जेष्ठ सदस्यले पाँच ठाउँमा बाधेर हुक्का लोली तयार गर्ने चलन रहेको पाईन्छ । हुक्का लोलीलाई घरको जेष्ठ सदस्यले कुल देवताको कोठाबाट विधिपूर्वक आगो सल्काएर हुक्का लोली भन्दै आँगन हुँदै बाहिर आउने चलन रहेको पाईन्छ ।

घरको सबै सदस्यले हुक्का लोली भन्दै चार वटा गाँठ जलाउनु पर्ने मान्यता रहेको पाईन्छ जहाँ बाकी रहेको एक गाठ सहित खेत वा बारीमा जलेको भाग माथी राखेर ठाडो गाड्ने चलन रहेको पाईन्छ । बाकी एउटा सन्ठीको हुक्का लोली जसमा आगो लगाइएको हुँदैन त्यसलाई घरको छाप्रोमाथि राख्ने पनि चलन छ । तिहारको समयमा घर–आँगन, बाटो सफा गर्नुका साथै घरमा भएका सबै समानलाई पोखरी वा तलाउमा सफा गर्ने गरिन्छ ।

धोएको सामानहरुलाई लक्ष्मीपूजाको दिन आलस अथवा अँडिर (अण्डी) को तेल लगाउने चलन रहेको पाईन्छ । तेल लगाईसकेपछि पानीमा भिजाएको चामललाई पिसेर सबै सामानमा हातको छाप र सिन्दुरको टीका लगाउने चलन छ । त्यसपछि घर आँगन लिपपोत गरिसकेपछि साँझ माटोले बनाइएको दीप वरिपरिका सबै ठाउँहरू गोठ, ईनार, कल, बारी, रुखलगायतका ठाउँमा बाल्ने गरिन्छ ।

दीपमा राख्नका लागि महिलाहरुले सेतो सुतीको कपडा सफा गरेर तिहारको दिन त्यसलाई बत्ती बनाएर तेलमा डुबाएर साँझमा माटोको दीपमा राखेर बाल्ने गरिन्छ । हुक्का लोली र लक्ष्मी पुजा सँगै पर्ने भएकोले सिराहाको टोल बस्तीमा लक्ष्मी भगवानको मन्दिर स्थापना गरेर रातभरि नाच गान सहित जाग्राम बस्ने चलन रहेको पाईन्छ । सिरहाको विभिन्न भागहरूमा यतिबेला भजन कीर्तन लगाएत अल्हा रुदल, गोपी चन, लगायतको मैथली नाच प्रोग्राम समेत रहेको अवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१