ताजा समाचार

बासुदेव मा.वि.का प्राधानाध्यापक मल्लिकद्वारा करोडौं अनियमितता

  • चैत १५, २०७५
  • १२८९ पटक पढिएको
  • राजन सिंह
alt

सुनिल यादव चैत , १५ धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्वा स्थित बासुदेव मा.वि.का प्राधानाध्यापक तपेश्वर मल्लिकले विद्यालयमा करोडौंको अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन । प्राधानाध्यापक मल्लिक र लेखापाल शिवेन्द्र यादवको मिलिभगतमा विद्यालयमा आर्थिक अनियमिता भएको उनीहरुले आरोप लगाएका हुन । स्थानीयहरुले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि अवकाश पाईसकेका शिक्षक , कर्मचारीहरुको तलब र संचयकोष समेत हिनामिना गरेको बताएका छन । उनले विद्यालयबाट अवकाश पाईसकेका शिक्षक लखनदेव मंडलको २ वर्षको तलब र १ वर्षको संचयकोष समेत उलब्ध नगराएको पिडितले पत्रकार सम्मेलनमा गुनासो पोखेका छन । उनले विद्यालयबाट अवकाश प्राप्त कार्यालय सहयोगी गंगा पण्डित र रामेश्वर मंडल समेत अवकाशपछिको सुविधा उपलब्ध नगराएको आरोप छ । प्राधानाध्यापक मल्लिकले विद्यालयमा प्रत्येक वर्ष वितरण हुने छात्रवृति ९ वर्षसम्म वितरण नगरेको , विद्यालयको नाममा रहेको ३६ विघा जमिनबाट हुने आम्दानीको समेत हरहिसाब नदेखाएको , विद्यालयमा समयमा नियमित उपस्थित नहुने गरेको स्थानीय राजकुमार मंडलले गुनासो पोखेका छन । स्थानीयहरुले विद्यालयको सामाजिक लेखापरिक्षणको मांग गर्दै प्राधानाध्यापक मल्लिकलाई कारवाहीको मांग समेत गरेको छ । यता धनौजी गाउँपालिकाले समेत प्राधानाध्यापक मल्लिकलाई विद्यालयको शैक्षिक वातावरण खलबलिनुका साथै आर्थिक कारोवार दुरस्त नराखेको भन्दै निलम्बन गरेको छ । गाउँपालिकाको निर्णयलाई अटेर गर्दै उनले विद्यालयमा उपस्थित हुने गरेको धनौजी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कमल नारायण पंकजले बताएका छन । उनले भने प्राधानाध्यापक मल्लिकको क्रियाक्लापले असन्तुष्ट विद्यार्थीहरु आफु कहां गुनासो लिएर आउने गरेको र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पटक पटक आग्रह गर्दा समेत कुनै सुनवाई नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤