बासुदेव मा.वि.का प्राधानाध्यापक मल्लिकद्वारा करोडौं अनियमितता

  • चैत १५, २०७५
  • ११४३ पटक पढिएको
  • राजन सिंह
alt

सुनिल यादव चैत , १५ धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्वा स्थित बासुदेव मा.वि.का प्राधानाध्यापक तपेश्वर मल्लिकले विद्यालयमा करोडौंको अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन । प्राधानाध्यापक मल्लिक र लेखापाल शिवेन्द्र यादवको मिलिभगतमा विद्यालयमा आर्थिक अनियमिता भएको उनीहरुले आरोप लगाएका हुन । स्थानीयहरुले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि अवकाश पाईसकेका शिक्षक , कर्मचारीहरुको तलब र संचयकोष समेत हिनामिना गरेको बताएका छन । उनले विद्यालयबाट अवकाश पाईसकेका शिक्षक लखनदेव मंडलको २ वर्षको तलब र १ वर्षको संचयकोष समेत उलब्ध नगराएको पिडितले पत्रकार सम्मेलनमा गुनासो पोखेका छन । उनले विद्यालयबाट अवकाश प्राप्त कार्यालय सहयोगी गंगा पण्डित र रामेश्वर मंडल समेत अवकाशपछिको सुविधा उपलब्ध नगराएको आरोप छ । प्राधानाध्यापक मल्लिकले विद्यालयमा प्रत्येक वर्ष वितरण हुने छात्रवृति ९ वर्षसम्म वितरण नगरेको , विद्यालयको नाममा रहेको ३६ विघा जमिनबाट हुने आम्दानीको समेत हरहिसाब नदेखाएको , विद्यालयमा समयमा नियमित उपस्थित नहुने गरेको स्थानीय राजकुमार मंडलले गुनासो पोखेका छन । स्थानीयहरुले विद्यालयको सामाजिक लेखापरिक्षणको मांग गर्दै प्राधानाध्यापक मल्लिकलाई कारवाहीको मांग समेत गरेको छ । यता धनौजी गाउँपालिकाले समेत प्राधानाध्यापक मल्लिकलाई विद्यालयको शैक्षिक वातावरण खलबलिनुका साथै आर्थिक कारोवार दुरस्त नराखेको भन्दै निलम्बन गरेको छ । गाउँपालिकाको निर्णयलाई अटेर गर्दै उनले विद्यालयमा उपस्थित हुने गरेको धनौजी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कमल नारायण पंकजले बताएका छन । उनले भने प्राधानाध्यापक मल्लिकको क्रियाक्लापले असन्तुष्ट विद्यार्थीहरु आफु कहां गुनासो लिएर आउने गरेको र विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पटक पटक आग्रह गर्दा समेत कुनै सुनवाई नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१