Siraha Times
ताजा समाचार

सप्तरीको खडक नगरपालिकामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

  • कार्तिक २३, २०८०
  • ७४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २३ कार्तिक । सप्तरीको खडक नगरपालिका कार्यालयको प्राङ्गणमा आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। महिला बालबालिका तथा समाज कल्याण शाखा कल्याणपुरको आयोजना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएका छन् । नगरपालिका भित्रका सबैजसो वडाका वृद्ध पुरुष , महिला , शारीरिक रुपले अशक्त , एकल महिला सहित ८० जना सहभागीहरुले सम्मानित भएका छन् । वहाँहरुलाई - चादर , दोसल्ला गम्छा, झुल, सिरक बल्याङकेट दिदै सम्मानित गरिको हो ।

आजको कार्यक्रममा बोल्दै खडक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बिन्दुलाल चौधरी - जीवन सर्वव्यापीरुपमा अमुल्य छ, त्यसैले वृद्ध हुनुमा हाम्रो दोष होइन । सबैलाई एकदिन वृद्ध हुनैपर्छ सर्वव्यापी सत्य हो आफ्नो मन्तव्यमा भनिएको हो । त्यसतै, खडक नगरपालिका वडा न. - ३ का वडाअध्यक्ष देवनारायण चौधरीका अनुसार - जसरी यहाँ सबैले खुशी व्यक्त गर्दै हुनुहुन्छ , त्यसरी नै आआफ्नो घरपरिवारमा खुशियाली बाड्नुस जीवन सार्थक हुने बताउँनु भयो।

यता , खडका न.पा. का प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठका अनुसार - ज्येष्ठ नागरिक सदैव हाम्रा लागि पुज्णीय रहनेछ । आफुभन्दा ठुलाबडाका आशिर्वाद जहिले लिनुपर्छ । ज्येष्ठ नागरिकहरुलाई आउने दिनमा यसरी सम्मान गरिने बताउँनु भयो। सो, सम्मान कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जयप्रकाश चौधरी , विशिष्ट अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरी , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता कुमारी साह, हरेक शाखाका कर्मचारी , स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१