सप्तरीको खडक नगरपालिकामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

  • कार्तिक २३, २०८०
  • ५८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २३ कार्तिक । सप्तरीको खडक नगरपालिका कार्यालयको प्राङ्गणमा आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। महिला बालबालिका तथा समाज कल्याण शाखा कल्याणपुरको आयोजना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएका छन् । नगरपालिका भित्रका सबैजसो वडाका वृद्ध पुरुष , महिला , शारीरिक रुपले अशक्त , एकल महिला सहित ८० जना सहभागीहरुले सम्मानित भएका छन् । वहाँहरुलाई - चादर , दोसल्ला गम्छा, झुल, सिरक बल्याङकेट दिदै सम्मानित गरिको हो ।

आजको कार्यक्रममा बोल्दै खडक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बिन्दुलाल चौधरी - जीवन सर्वव्यापीरुपमा अमुल्य छ, त्यसैले वृद्ध हुनुमा हाम्रो दोष होइन । सबैलाई एकदिन वृद्ध हुनैपर्छ सर्वव्यापी सत्य हो आफ्नो मन्तव्यमा भनिएको हो । त्यसतै, खडक नगरपालिका वडा न. - ३ का वडाअध्यक्ष देवनारायण चौधरीका अनुसार - जसरी यहाँ सबैले खुशी व्यक्त गर्दै हुनुहुन्छ , त्यसरी नै आआफ्नो घरपरिवारमा खुशियाली बाड्नुस जीवन सार्थक हुने बताउँनु भयो।

यता , खडका न.पा. का प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठका अनुसार - ज्येष्ठ नागरिक सदैव हाम्रा लागि पुज्णीय रहनेछ । आफुभन्दा ठुलाबडाका आशिर्वाद जहिले लिनुपर्छ । ज्येष्ठ नागरिकहरुलाई आउने दिनमा यसरी सम्मान गरिने बताउँनु भयो। सो, सम्मान कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जयप्रकाश चौधरी , विशिष्ट अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरी , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता कुमारी साह, हरेक शाखाका कर्मचारी , स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१