ताजा समाचार

वित्तीय साक्षरतासँगै कर्जा बीमा बापतको सुविधा वितरण

  • चैत १४, २०७५
  • ११८६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

दिनेशकुमार दास महोत्तरी १४ चैत्र । स्वाबलम्बन लघुवित बित्तीय संस्था आयोजनामा भंगहा ७ मेघनाथ गोरहन्नामा आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आप्mना सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी गराउने उदेश्यले सो कार्यक्रम गरिएको सितापुरका शाखा प्रबन्धक भागवत यादबले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी भंगहा न.पा ७ का वडाध्यक्ष बासुदेव सिंहले लघुवित्तले यस देशमा विपन्नता हटाउने दायित्व बोकेकोले धेरै हदसम्म सफल पनि भएको छ । अहिलेको समयमा लघुवितहरुको बृहत उपस्थिति भएपनि स्वाबलम्बन लघुवितको प्रभाव सकारात्मक रहेको उहाँले बताउँनुभयो ।

बिन्नि बैंकहरुबाट कर्जा लिएर आम्दानी भन्दा बढी कर्जा बोक्दा वा लहलहैमा प्रदान कसरी कार्यत्रलम प्रभावित भएको तथा सदस्यको घर टहरा समेत विक्रिको जानकारी यस संस्थाका इलाका प्रबन्धक मणिराज खडकाले जानकारी दिनुभयो । साथै बचत गर्दा सदस्यकै हित हुने र बिना काम कर्जा लिदा डुब्नु परेको कुरा प्रस्ट पार्नु भयो । यस बैंकको सेवा सुविधाबारे जानकारी गराउदै जनकपुर शाखाका प्रबन्धक शिवकुमार ठाकुरले कर्जा तथा बचत र लघु व्यवसाय कर्जाबारे जानकारी प्रदान गर्नुभयो । संस्थाले गरिदिएको कर्जा बीमा बापतको सुविधा संस्थाले यसै कार्यक्रममा सदस्यका परिवारलाई उपलब्ध गराएको छ ठाकुरले बताउँनुभयो ।

यस शाखाका सदस्य रहेकी लक्ष्मीनिया देवीको दुर्घटनामा निधन हुदा उक्त सदस्यका आफन्त नाता पर्ने पति टुगर सिंहको मन्जुरीमा छोरी संतोषी कुमारी सिंहलाई प्रदान गरिएको छ । उनलाई ७० हजार र ३० हजार गरि २ पटकमा १ लाख कर्जा लिए वापत ६०० रुपैंया बीमा शूल्क कटिएको उक्त सदस्यको आफन्तलाई २ लाख ८० हजार बीमा सुविधा अमेरिकन लाइफ इन्सोरेन्स कम्पनी लि.(मेटालाइप)ले उपलब्ध गराएको हो । करिब २ सयको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा वडाध्यक्ष, सदस्य तथा जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤