Siraha Times
ताजा समाचार

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असन्तुस्टी जनाउदै १७ बुदेँ माग सहित बुझाए प्रेस विज्ञप्ति

  • कार्तिक १६, २०८०
  • ११३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान १६ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा असन्तुस्टी जनाउदै  १७ बुदेँ माग सहित नेपाली काग्रेस जसपाले संयुक्त प्रेस विज्ञप्ति बुझाएका छन् । पछिल्लो समय आफु पटक पटक कर्मचारीहरुलाई तलब खुवाउने बातावरण मिलाउनुस भन्दा भन्दै मेयर केदार नाथ यादव आलटाल गर्दै तलव भत्ता बृद्ध भत्ता नखुवाएको प्रति आफु गम्भीर भएको उपमेयर निलम यादवले आरोप लगाएको हो । जसका कारण  वडाअध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरुनै आन्दोलित भएका छन् ।

सखुवान्नकारकट्टी गाउँपालिकाका मेयर केदार नाथ यादव, प्रमुख प्रसाशकिय अधिकृत राजिव झा ,शिक्षा प्रमुख भोगेन्द्र यादवलाई पहिलादेखिनै जानकारी हुदाँहुदै पनि आफुलाई केहि जानकारी नभएको प्रमुख प्रसाशकिय अधिकृत राजिव झाले हाम्रा सहयोगी मनोज कुमार यादवलाई फोन सम्बादमा भनेका थिए । नेपालि कांग्रेस र जनता समाजवादी नेपालले संयुक्त रुपमा संयुक्त प्रेस विज्ञप्ती जारी गरी सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई बुझाएको सो पत्र बुझाएका थिए ।

सखुवान्नकारकट्टी गाउँ पालिका उपाध्यक्ष निलम यादव,वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव,वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादव,वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव लगायत कार्यपलिका सदस्य र वडा सदस्यहरुका  हस्ताक्षर सहित विज्ञप्तीमा उल्लेख छ । चाड पर्वमा पनि कर्मचारीले तलब नपाएको र तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कति कारणले वितरण हुन नसकेको गत आर्थिक वर्ष ०७९ र ०८० को समपूर्ण हिसाव विवरण कार्यपालिका सदस्यहरुलाई उपलव्ध गराउनु पर्ने, मिति २०८०।३।२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ वुंदे माग सहित विज्ञप्ती पालिका का. वा.अधिकृत चौधरीलाई बुझाएको हो ।

 अहिले यो विषयमा आफू केहि न बोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृतलाई बुभझाउने का.वा अधिकृत चौधरीले बताउनु भयो । आफूहरुको माग सम्वोधन नभए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने २ नं.का वडा अध्यक्ष तनुकलाल यादवले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१