Siraha Times
ताजा समाचार

एकै दिन टिनटा वडा कार्यलयहरु १,२,३ को उदघाटन लहानमा

  • कार्तिक १५, २०८०
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १५ कार्तिक सिरहाको लहान नगरपालिका वडा नम्बर एक, दुई र तिनको वडा कार्यालयको नयाँ भवन तरकारी बजारमा उदघाटन भएको छ। लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले एकै ठाउँमा रहेको वडा कार्यालयहरुको आज विधिवत रुपमा समुदघाटन गर्नुभयो । नगरपालिकाको आफ्नै मातहतको भवनबाट कामकाज सुचारु हुने भएपछी स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । 
 
यसअघि वडा कार्यालयका कामकाजहरु बर्षौदेखि भाडाकै घरबाट कार्य सम्पादन भैरहेका थिए । भाडामा लिएको घरको कोठा साँघुरा र कार्यालयमैत्री नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा समस्या हुँदै आईरहेको थियो । सेवाप्रवाह गर्न निकै कठिनाइ हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आईरहेका थिए ।
 
समुदघाटन कार्याक्रममा वडा नं. १ का वडा अध्यक्ष क्रमश युगल किशोर चौधरी, २ का सियाराम यादव, ३ का रामदयाल महतो, ४ का रामनाथ पण्डित, ८ का श्याम साह भोरेभोर, ९ का घुरन चौधरी, ११ का सुर्य नारायण चौधरी, १५ का तेज नारायण चौधरी, १६ का गडुल वहादुर जर्घामगर, २० का गणेश कुमार चौधरी, २२ का श्याम कुमार अधिकारी, लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाई, कार्यक्रम संयोजक महेश्वरी चौधरी लगायत स्थानिबासी, पत्रकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१