ताजा समाचार

सिरहामा चिट् चोरी रोकिएन, पत्रकारमाथी दुव्र्यवहार

  • चैत १४, २०७५
  • १७२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान १४ चैत्र । सिरहाको हनुमानप्रसाद शारदा मावि इनर्वा भगवानपुरको एसइई परीक्षा केन्द्रमा रिर्पोटिँगको लागि गएका दूई पत्रकारमाथी स्थानीय केही व्यक्तिले दुव्र्यवहार गरेको छ । आज विहीवार विज्ञान विषयको परीक्षा चल्दा बाहिरबाट चिट् पुर्याउँने गरेको फोटो पत्रकारद्धय गणेश साह र जयनाथ यादवले खिचेका थिए । स्थानीय केही व्यक्तिले फोटो खिच्न अबरोध गर्दै हातपात गर्ने प्रयास गरी दुव्र्यवहार गरिएको छ । खिचिएको फोटो स्थानीय व्यक्तिहरुले घेरा हाली हुलहुजत गर्दै क्यामरा खोसेर खिचिएको फोटो डिलेट गर्न लगाएको छ । साथै ढेड घण्टासम्म पत्रकारद्धय साह र यादवलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रण रहेको अवस्थामा त्यहाँ स्थित सशस्त्र प्रहरीको सहयोगमा मुक्त गराइएको छ । सो विद्यालयमा नवराजपुर र भगवानपुरका परीक्षार्थीहरुको परीक्षा केन्द्र रहेको छ । परीक्षा केन्द्रमा परीक्षा चलिरहेको अवस्थामा समेत सुरक्षा गार्ड बाहिर नरहेकोले केही अभिभावक र शिक्षिकहरुले चिट् चोर्न कुनै रोकटोक थिएन । सो परीक्षा केन्द्रको लागि ठाडी प्रहरीलाई खटाइएको छ भने सुरक्षा व्यवस्था फितलो रहेको छ । प्रश्नपत्र बाहिर ल्याएर प्mलाप बनाएर परीक्षार्थी पुर्याइरहेको अवस्थामा पत्रकारद्धयले फोटो खिचेकोवारे जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितसंग सम्पर्क गर्दा —‘हामीलाई जानकारी गराएकोमा धन्यवाद छ । हामी तुरुन्त त्यस विद्यालयको वारेमा जानकारी लिएर आवश्यक कारवाहीतर्फ लाग्ने छु ।’ उहाँले बताउँनुभयो । पत्रकारद्धय साह र यादवलाई गुण्डा प्रवृतिका व्यक्तिहरुले गरिएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासँघ सिरहाले घोर भत्र्सना गर्दै त्यस्ता दोषीहरुलाई यथाशिघ्र कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤