Siraha Times
ताजा समाचार

लहान नगरपालिकाको विकासको उदाहरण बन्दै गुदीगाउँ

  • कार्तिक ९, २०८०
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक ९ । सिराहा जिल्लाको लहान नगरपालिकाको गुदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा गाडेर विकासको सपना बुन्दै आएको छ,लाहान नगरपालिका । स्थानिय खुट्टी खोलाको निकासीको मुख्य केन्द्र बिन्दुको रूपमा रहेको स्थानिय गुँदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा भएपनि नेपाल विद्युत प्राधिकरण लहान र लहान नगरपालिका बेखवर भै बसेको अवस्था रहेको छ । आवत जावतमा प्रत्यक्ष्य असर पर्ने गरी वर्षौंदेखि विद्युतको खम्बा बीच सडकमा रहिरह्दा पनि उक्त अवस्था प्रति निकाय मौन दर्शक बनिरहेको छ ।

लहान नगरपालिकाको वाडा नम्बर १० र १४ को सीमानाको रुपमा बीच सडकमा नेपाल विद्युत प्राधिकरणको फलामे पोल भइरहँदा पनि नेपाल विद्युत प्राधिकरण लहानले पटक पटक जानकारी पाएं पनि उक्त पोल हटाउन मानेको छैन । यता लहान नगरपालिकालाई स्थानियले पटक पटक पोलको बारेमा जानकारी दिएपनि स्थानियको आवाजलाई नसुनी बसिरहेको अवस्था रहेको छ ।

आवत जावतमा कठिनाई उत्पन्न भइरहेको यस खम्बामा ठोकिएर केयौ पटक दुर्घटना भएको स्थानियले बताएका छन् । कागजी र फेसबुकमा लाहान नगरपालिकाको विकास देखिएपनि वास्तविक रूपमा त्यसो नरहेको स्पष्ट बुझ्न सकिन्छ । विकास भए नभएको स्पस्ट बुझ्न सकिने ज्वलन्त उदाहरणको रूपमा बीच सडकमा उभिएर विद्युत पोललाई हेरेर बुझ्न सकिन्छ । जे होस् ,निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१