लहान नगरपालिकाको विकासको उदाहरण बन्दै गुदीगाउँ

  • कार्तिक ९, २०८०
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक ९ । सिराहा जिल्लाको लहान नगरपालिकाको गुदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा गाडेर विकासको सपना बुन्दै आएको छ,लाहान नगरपालिका । स्थानिय खुट्टी खोलाको निकासीको मुख्य केन्द्र बिन्दुको रूपमा रहेको स्थानिय गुँदीगाउँ स्थित बीच सडकमा विद्युतको खम्बा भएपनि नेपाल विद्युत प्राधिकरण लहान र लहान नगरपालिका बेखवर भै बसेको अवस्था रहेको छ । आवत जावतमा प्रत्यक्ष्य असर पर्ने गरी वर्षौंदेखि विद्युतको खम्बा बीच सडकमा रहिरह्दा पनि उक्त अवस्था प्रति निकाय मौन दर्शक बनिरहेको छ ।

लहान नगरपालिकाको वाडा नम्बर १० र १४ को सीमानाको रुपमा बीच सडकमा नेपाल विद्युत प्राधिकरणको फलामे पोल भइरहँदा पनि नेपाल विद्युत प्राधिकरण लहानले पटक पटक जानकारी पाएं पनि उक्त पोल हटाउन मानेको छैन । यता लहान नगरपालिकालाई स्थानियले पटक पटक पोलको बारेमा जानकारी दिएपनि स्थानियको आवाजलाई नसुनी बसिरहेको अवस्था रहेको छ ।

आवत जावतमा कठिनाई उत्पन्न भइरहेको यस खम्बामा ठोकिएर केयौ पटक दुर्घटना भएको स्थानियले बताएका छन् । कागजी र फेसबुकमा लाहान नगरपालिकाको विकास देखिएपनि वास्तविक रूपमा त्यसो नरहेको स्पष्ट बुझ्न सकिन्छ । विकास भए नभएको स्पस्ट बुझ्न सकिने ज्वलन्त उदाहरणको रूपमा बीच सडकमा उभिएर विद्युत पोललाई हेरेर बुझ्न सकिन्छ । जे होस् ,निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१