Siraha Times
ताजा समाचार

धनगढ़िमाइ १२ ठठीया ईलाका प्रहरी कार्यालयको भवन जीर्ण स्थानीय सरकार मौन

  • कार्तिक ९, २०८०
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ९ । सिरहाको धनगढीमाई १२ ठठीया वरपिपल स्थित रहेको ईलाका प्रहरी कार्यालयको भवन जीर्ण अवस्थामा भएपनि हालसम्म उक्त ठाउँको कार्यालय ब्यबस्थापनका लागि कुनै ठोस पहल भएको छैन । वर्षाको समयमा छानामा त्रिपाल राखेर बस्न र खान विवस नेपाल प्रहरीले वाडा कार्यालयको भवनको माथिल्लो तल्ला र वाडा अध्यक्ष बस्ने साइडको पूर्व तिरको कोठा ओगटेर नियमित बस्दै गर्दा आम जनताको कामकाजमा असहजता उत्पन्न भइरहेको छ ।

समाजलाई सुरुक्षा प्रदान गर्दै आएका नेपाल प्रहरीको घरको हालत यस्तो भइरहँदा पनि निकाय मौन रहेको छ । नेपाल प्रहरीको आफ्नो जग्गा भएपनि हालसम्म कार्यालय निर्माणको कुनै ठोस पहल थालिएको छैन । कार्यालय ब्यबस्थापनका बारेमा जिल्ला प्रहरी कार्यालय सिरहालाई पटक पटक भेटेर सम्पर्ग गर्दा " सितापुर र विष्णुपुर प्रहरी कार्यालयको भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा भएको र टेण्डर बाकी रहेको " बताउँदै आएको वर्षौ भएपनि हालसम्म भवन निर्माणको कुनै ठोस कदम चालिएको छैन ।

प्रतिक्रिया दिनुहोस

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१