Siraha Times
ताजा समाचार

सुरक्षा व्यवस्थाका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

  • कार्तिक ८, २०८०
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , कार्तिक ८ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने बिस भन्दा बढी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, सुनिल मोदनवाल, संजय गुप्ता, वडा सदस्य राहुल मोदनवाल, आशिष कौशल, संदीप जयसवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१