रामएकवाल राम लहान - मधेश प्रदेशकै प्रसिद्ध सिरहाको बालासुन्दरी भगवती मन्दिरमा दशैंको महानवमीका दिन एक हजार चार सय एकाउन बोकाको बली चढाइएको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ भगवानपुर चौक देखि ३०० मिटर पुर्व हुलाकी राजमार्गमा अवस्थित बालासुन्दरी भगवती शक्तिपीठमा महानवीमका दिन सोमबार बिहान करिब पाँच बजे देखि बलि दिन सुरू गरेको थियो भने दिउँसो एक बजे बलि सम्पन्न भयो । बलि चढाउन स्थानीय स्वयंसेवक तथा नेपाल प्रहरीको सहयोग सहित परिचालन गरिएको थिय।बलि चढाउन छिमेकी जिल्लाहरु सिरहा, सप्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन।भाकल मनोकामना पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन रहेको पुजारी उदय शंकर चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
लहानमा ‘घर–घरको शान, स्वच्छता अभियान’ तीव्र, भूमिहीन र विपन्न परिवारका लागि शौचालय निर्माण अझै चुनौती
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved