Siraha Times
ताजा समाचार

भगवानपुरको बालासुन्दरी भगवतीमा १ हजार ४५१ बलि

  • कार्तिक ६, २०८०
  • ११३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान - मधेश प्रदेशकै प्रसिद्ध सिरहाको बालासुन्दरी भगवती मन्दिरमा दशैंको महानवमीका दिन एक हजार चार सय एकाउन बोकाको बली चढाइएको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ भगवानपुर चौक देखि ३०० मिटर पुर्व हुलाकी राजमार्गमा अवस्थित बालासुन्दरी भगवती शक्तिपीठमा महानवीमका दिन सोमबार बिहान करिब पाँच बजे देखि बलि दिन सुरू गरेको थियो भने दिउँसो एक बजे बलि सम्पन्न भयो । बलि चढाउन स्थानीय स्वयंसेवक तथा नेपाल प्रहरीको सहयोग सहित परिचालन गरिएको थिय।बलि चढाउन छिमेकी जिल्लाहरु सिरहा, सप्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन।भाकल मनोकामना पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन रहेको पुजारी उदय शंकर चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१