धनगढीको झिझिया पुरस्कार वितरण गर्दै सम्पन्न

  • कार्तिक ६, २०८०
  • ११८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ६ । सिरहाको धनगढीमाईको धनगढी बजारमा घटस्थापनाको रातिदेखि शुरू गरिएको झिझिया औपचारिक रूपमा सम्पन्न भएको छ । मा दुर्गा माता पर्यटन प्रबर्द्धन बिकास केन्द्र धनगढीद्वारा आयोजित झिझिया कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै औपचारिक रूपमा झिझिया यस वर्षको लागि सम्पन्न भएको छ । आयोजित झिझिया कार्यक्रममा १४ टीम सहभागी रहेको थियो ।

सहभागी झिझिया टीमहरु मध्ये देबीथान झिझिया टिम अलुवाबान प्रथम स्थान हासिल गर्न सफल भएको छ भने अत्यन्त मनोरम र शान्त सुन्दर वातावरणमा संचालित झिझिया कार्यक्रममा राजदेबि झिझिया टिमले दोस्रो स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी नैनपुर चमारटोलले तेस्रो स्थान र बिष्णुपुर झिझिया टिम साहटोलले चौथो स्थान हासिल गर्न सफल भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका धनगढीमाई नगरपालिकाका नगर प्रमूख शिबशंकर महतो, अतिथिको रुपमा वडा न.१० का वडा अध्यक्ष सरोज कुमार महतो लगाएत पूजा समितिका पधाधिकारीहरु , दुर्गा मन्दिरका अध्यक्ष सुभाषचन्द्र पुर्बे , महासचिव प्रदिप ठाकुर र सदस्य प्रकाश पन्जियारको सहभागितामा सहभागी सबै प्रतियोगीहरुलाई मञ्चमा बोलाएर तक्मा र टिका लगाई सम्मान गर्दै माताको प्रसाद वितरण गरिएको थियो ।

नियमित भरिभराऊ भक्तजनहरूको उपस्थितिमा नियमित रूपमा विधिपूर्वक झिझिया कार्यक्रम हुँदै आएको थियो । स्थानिय प्रदीप ठाकुरको उद्घोषणमा संचालित हुँदै आएको झिझिया कार्यक्रममा नगर प्रमूख शिवशंकर महतो , वाडा अध्यक्ष सरोज कुमार महतो र स्थानिय सुबास चन्द्र पूर्वेले सामूहिक रूपमा सबैलाई सम्मान गर्दै पुरस्कार वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१