धनगढीको झिझिया पुरस्कार वितरण गर्दै सम्पन्न

  • कार्तिक ६, २०८०
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ६ । सिरहाको धनगढीमाईको धनगढी बजारमा घटस्थापनाको रातिदेखि शुरू गरिएको झिझिया औपचारिक रूपमा सम्पन्न भएको छ । मा दुर्गा माता पर्यटन प्रबर्द्धन बिकास केन्द्र धनगढीद्वारा आयोजित झिझिया कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै औपचारिक रूपमा झिझिया यस वर्षको लागि सम्पन्न भएको छ । आयोजित झिझिया कार्यक्रममा १४ टीम सहभागी रहेको थियो ।

सहभागी झिझिया टीमहरु मध्ये देबीथान झिझिया टिम अलुवाबान प्रथम स्थान हासिल गर्न सफल भएको छ भने अत्यन्त मनोरम र शान्त सुन्दर वातावरणमा संचालित झिझिया कार्यक्रममा राजदेबि झिझिया टिमले दोस्रो स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी नैनपुर चमारटोलले तेस्रो स्थान र बिष्णुपुर झिझिया टिम साहटोलले चौथो स्थान हासिल गर्न सफल भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका धनगढीमाई नगरपालिकाका नगर प्रमूख शिबशंकर महतो, अतिथिको रुपमा वडा न.१० का वडा अध्यक्ष सरोज कुमार महतो लगाएत पूजा समितिका पधाधिकारीहरु , दुर्गा मन्दिरका अध्यक्ष सुभाषचन्द्र पुर्बे , महासचिव प्रदिप ठाकुर र सदस्य प्रकाश पन्जियारको सहभागितामा सहभागी सबै प्रतियोगीहरुलाई मञ्चमा बोलाएर तक्मा र टिका लगाई सम्मान गर्दै माताको प्रसाद वितरण गरिएको थियो ।

नियमित भरिभराऊ भक्तजनहरूको उपस्थितिमा नियमित रूपमा विधिपूर्वक झिझिया कार्यक्रम हुँदै आएको थियो । स्थानिय प्रदीप ठाकुरको उद्घोषणमा संचालित हुँदै आएको झिझिया कार्यक्रममा नगर प्रमूख शिवशंकर महतो , वाडा अध्यक्ष सरोज कुमार महतो र स्थानिय सुबास चन्द्र पूर्वेले सामूहिक रूपमा सबैलाई सम्मान गर्दै पुरस्कार वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

पर्सा जिल्लाको मूल स ...

वीरगंज, ७ फागुन । सामाजिक स्वयंसेवक एंव अधिवक्ता प्रमोद प्रसादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभ ...

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

छपकैयामा घरदैलो गर्द ...

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१