ताजा समाचार

वर्तमान सरकार पक्षपाती ः कांग्रेस वरिष्ठ नेता पौडेल

  • चैत १३, २०७५
  • ६७९ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह चैत १३ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पक्षपाती भएको आरोप लगाएका छन् । सरकारले नागरिकका अधिकार, बजेट बाँडफाँट र विकास निर्माणमा पक्षपात गरेको उनको भनाई थियो । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित बलाबाखरमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा नाममै सीमित भएको आरोप समेत लगाए ।उनले केपी ओली नेतृत्वको वर्तमान सरकार काम न काजको भएको आरोप लगाएका छन् । नेपाल कांग्रेसको उदगम स्थल मधेश रहेको बताउंदै उनले तराई मधेश नेपाली कांग्रेसको प्राण हो र आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए । प्रधानमन्त्री ओलीलाई इंकित गर्दै पौडेलले भने अहिले समृद्ध मधेश बनाउँन पानी जहाज होइन् सिचाईको आवश्यकता छ । केपी ओलीको जालमा परेर सरकारलाई समर्थन गरेको मधेशवादी दलले संविधान संशोधनको मुद्दा बिर्सिएको पौडेलको भनाई थियो ।

जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो । मधेशलाई समृद्ध बनाउँन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मधेशवादी दललाई बहरुपियाको संज्ञा दिएका छन । उनले मधेशवादी दलहरु मधेशी जनतालाई ठग्नु बाहेक केही काम नगरेको आरोप लगाएका छन । मधेशको नारा दिएर अगाडि बढेको फोरम अहिले मधेश विरोधीसंग नै साठगाठ गरेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले अलोकतान्त्रिक कामहरु गरेर लोकतन्त्र माथि खतरा ल्याउन खोजेको बताए । उनले मधेशी मोर्चाको कारण प्रदेश नं. २ मा संघीयता खतरामा रहेको बताए । संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको उनले बताए । नेपाली कांग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण गरिएको छ । भने शहिद परिवारका व्यतिmहरुको सम्मान समेत गरिएको थियो । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤