मिर्चैया : फेशन शो को पहिलो अडिसन सम्पन्न-दोस्रो १६ गते हुने

  • चैत १२, २०७५
  • ७४८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १२ चैत । सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजना तथा रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न पहिलो अडिसनमा दुई दर्जन युवायुवतिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । 
54408501_372056963646435_6232130084891787264_o
 
युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । अडिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए । 
 
मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् ।
56161443_372056806979784_6927009897364062208_o

ईभेन्टको दोस्रो अडिसन चैत १६ गते होटल होलिडे एण्ड पार्टी प्यालेश मिर्चैयामा हुने आयोजकले जनाएको छ । 

ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१