Siraha Times
ताजा समाचार

हिन्दू परिषद् नेपालद्धारा प्रसाद वितरण

  • कार्तिक ३, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ३ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको महान चाँड विजया दशमीको पावन अवसरमा हिन्दू परिषद् नेपालले प्रसाद वितरण गरेको छ । वीरगंज माईस्थान स्थित गहवामाई मन्दिरको दक्षिणपट्टी शिविर राखेर विजया दशमीको घटस्थापनाकै दिन देखि प्रसाद वितरण गरिरहेको छ । दशैं सुरु भए देखि नै गहवामाई मान्दिरमा श्रद्धालु एवं भक्तजनहरुको भिड बढदै गएको छ । परिषद्ले हरेक दिन साँझ ६ः३० देखि (खिर) प्रसाद वितरण गर्दै आएको परिषद्का केन्द्रिय कार्यवाहक अध्यक्ष बिजय गुप्ताले बताए । प्रसाद वितरण कार्यमा परिषद्का केन्द्रिय सचिव सुनिल गुप्ता, कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्यहरु लालबाबु पटेल, अमोद केवट, चितरन्जन श्रीवास्तव, सचितानन्द दुबे, पर्सा जिल्ला सचिव अशुं कुमार, वीरगंज महानगर अध्यक्ष श्याम बाबु साह लगायतका समुहले सहयोग गर्दै आएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१