Siraha Times
ताजा समाचार

वाडा अध्यक्षको चमत्कार एक हप्तामै सन्चालन भए नेटवर्क

  • कार्तिक १, २०८०
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १ । सिरहाको विकट रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको लागि खेलेको महत्त्वपूर्ण भूमिका आज पुरा भएको छ । नियमितको दौडधुप आज औपचारिक रूपमा समाप्त भएको छ । धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाइल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीको आधुनिक युगको आभास दिलाउनका लागि धेरै लामो संघर्ष र मेहनत गरेर वडा अध्यक्ष अमित ठकुरीले उपहार स्वरूप धनगढीमाई नगरपालिकाको वार्ड न १४ का लागि नेपाल टेलिकमको टावर ल्याएर सञ्चालन गराउनमा सफल भएको छ ।

टावरको सामग्री ल्याएर टावर निर्माण थालिएको करिब करिब एक हप्तामै सम्पूर्ण तयारी भएपछि आज औपचारिक रूपमा दिउसो १ बजेर ३० मिनेटमा नेटवर्कको लागि हावामा नेटवर्क छोडिएको हो । १८ मीटरको ग्राउन्ड बेस पोल टावरको निर्माण पछि 2 G सेवा सञ्चालनमा आएको नेपाल टेलिकम लाहान सिरहाका इन्जिनियर ओम प्रकाश सिंहले बताउनु भएको छ । 2 G सेवा सञ्चालनमा आएपछि स्थानीय युवा सञ्जय राउतले चकमके स्थित स्थानिय गोकुल पोखरेललाई १ बजेर ४१ मिनेटमा टावर भएको ठाउँबाट पहिलो पटक फोन गरेका थिए । फोनमा स्पस्ट सुनिएको समाजसेवी गोकुल पोखरेलले बताउनु भएको हो । तिहार पछि 4G सेवा सञ्चालन हुने नेपाल टेलिकम सिरहाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१