ताजा समाचार

९० लाखको लागतमा निर्माण हुने विद्यालय भवनको सिलान्यास गरियो

  • चैत ११, २०७५
  • ९४७ पटक पढिएको
  • राजन सिंह
alt

जनकपुरधाम चैत ११ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ स्थित गोगल प्रसाद नमुना मावि बसहियामा ९० लाखको लागतमा ४ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले एक कार्यक्रमका बिच उक्त ४ कोठे भवनको शिलान्यास गर्नुभएको छ । सो वडाका वडाध्यक्ष एवं स्कुलको अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा ४ कोठे भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिकाका भित्र रहेको दुई वटा नमुना विधालय रहे पनि अन्य विद्यालयहरु पनि नमुना विद्यालय बन्ने लायक रहेको बताउनुभयो । उहाँले विद्यालयको विकासका लागि जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा थप काम गराईने समेत आस्वासन दिनुभयो । कार्यक्रममा बोल्दै सो विद्यालयका प्रधानाध्यापक महाविर दासले नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत यो आर्थिक वर्षमा भौतिक विकास अन्तरगत ९० लाखको लागतमा चारकोठे भवन तथा महिला शौचालय निर्माण गरिने उहाँले बताउनुभयो । त्यस्तै आगामी वर्ष शैक्षिक कार्यक्रममा थप कार्य गरिने उहाले बताउनुभयो । सो कार्यक्रममा विद्यालय, विद्यालयका दाता परिवार, शिक्षक, अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤