गरिबका आवाज बन्दै महिला नेतृ योञ्जन

  • असोज २९, २०८०
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २९ । सिरहाको धनगढीमाई नगरपालिकाकी मनिता योञ्जन नेतृत्व पंक्तिमा आगाडी आउनु भएको छ । समाजका यथार्त बुझेका उनले विगतका दिनहरूदेखि सामाजिक कार्यमा बढी सक्रिय भई देखा परिरहेको छ । गरिबका आवाज बन्दै महिलाहरुको सशक्तिकरणमा विशेष ध्यान केन्द्रित भएर राजनीतिक यात्रामा प्रवेश गरेका योञ्जन राजनीतिक क्षबिका धनी मानिन्छन् ।

हालै जनकपुरमा सम्पन्न नेकपा एमालेको मधेश प्रदेशको एतिहासिक प्रथम अधिवेशनबाट सर्वसम्मत प्रदेश कमिटी सदस्यमा मनिता योन्जन निर्वाचित भएको अवस्था रहेको छ । निर्वाचित योञ्जनले विगतका दिनहरूमा धनगढीमाई नगरपालिका वडा नं १३ की एक विपन्न महिलाको घरको समस्यालाई बुझेर उनलाई सहयोग पुर्याउनका लागि महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

स्थानिय स्तरमा योञ्जनले महिलाको आवाज बनेर विभिन्न सामाजिक मुद्दाहरू उठाउँदै आएका हुन् । एमालेको हालैको अधिवेशनबाट सिराहा जिल्ला बाट सदस्य पदमा निर्वाचित भएपछि खुशीयाली क्षणको महसुस गरिएको छ । साहासिक महिलाको रुपमा परिचित योञ्जन स्पस्ट वक्ता ,बौद्धिक क्षमताका धनी र आम विपन्न ,गरिब , उत्पीडन तथा उपेक्षित जनताको पक्षमा बुलन्द आवाज उठाउने साहासिक महिला योञ्जनलाई बधाई दिएका छन् आम जनताले  ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१