Siraha Times
ताजा समाचार

कृषकको कृषिबाली हानी नोक्सानीको उचित राहतका लागिमुख्यमन्त्री यादवलाई ज्ञापनपत्र

  • असोज २८, २०८०
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया , सिरहा असोज २८ गते ।फियान नेपाल जनकपुरधामको अगुवाइमा तराई मधेशमा जङ्गली जनावर नियन्त्रण कृषि बाली संरक्षण तथा कृषकको कृषिबाली हानी नोक्सानीको उचित साहतका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लाई ज्ञापनपत्र बुझाएको छ । फियान नेपाल जनकपुरधाम लगायत विभिन्न संग संस्थाका प्रमुख, एनजीओकर्मी, मानवअधिकारकर्मी , संचारकर्मी,वडा अध्यक्ष लगायतको उपस्थितिमा मुख्यमन्त्री यादवलाई ध्यानाकर्षणको साथ साथै ज्ञापनपत्र बुझाईएको हो ।

मधेस प्रदेश खाद्य उत्पादनको दृष्टिकोणले नेपालकै अन्न भण्डारको रुपमा परिचित रहेको र यहाँका कृषकहरुको आम्दानीको मुख्य श्रोत कृषि नै हो भन्ने कुरामा कुनै दुविधा नरहेको तर बिडम्बना हालसाल प्रकाशित नेपाल बहु आयामिक गरिबी सुचाङ्क प्रतिवेदन २०२३ अनुसार मधेश प्रदेश नेपाल तेस्रो गरिव (२४.२ प्रतिशत गरिबी) प्रदेशको रुपमा सुचित रहेको ज्ञापनपत्रमा उल्लेख रहेको छ । खाद्य सुरक्षाका दृष्टिकोणले अत्यन्तै जोखिममा रहेका जात-जाति, वर्ग र समुदायहरु विशेषगरी मुसहर, डोम, हलखोर र खत्वे आदि साथको पहुँचबाट बञ्चित भई चरम भोकमरी र खाद्य असुरक्षाबाट गुज्रिररहेका अवस्था छ ।

कृषी उत्पादनका लागि आवश्यक पर्ने भूमि, मल, विउ विजन, सिचाई, कृषि प्रविधि तथा प्रविधिज आदिको अभावका कारण समय-समयमा यस प्रदेशका कृषकहरु आन्दोलित समेत हुँदै आइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । छिमेकी मुलुक भारतसंग सिमा जोडिएको मधेश प्रदेशका ८ वटै जिल्लामा सिमा पारीबाट आउने नील गाई , बदेल र बाँदरआदि जनावरले प्रत्येक वर्ष कृषिबाली नष्ट गर्दै आईरहेको किसानहरुको दुखेको छ । यी बिषयहरुमा भुमी व्यवस्था तथा कृषि मन्त्री गोबिन्द्र न्यौपाने र मुख्यमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

फियान नेपाल जनकपुरका संयोजक नन्दिनी यादव , ईन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान ,संचारकर्मी बटुकनाथ झा, नरेशचन्द्र बरबरिया ,ग्रीन स्पेस नेपाल बाट अमित कुमार मिश्र ,सम्भब खाद्य अधिकार संजाल बाट पूजा शर्मा ,प्रदिप यादव,ईन्सेक बाट बरुन बसियाल लगायत सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१