इजरायलमा मृत्यु भएका नेपाली प्रति दु:ख व्यक्त गर्दै शमिम नदवीको हस्ताक्षरित निकालियो प्रेस विज्ञप्ति

  • असोज २४, २०८०
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज २४ जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन्। अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ ।

हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं।

जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जियाउल उलुम, मदरसा उसमान बिन अफफान लगायतले समेत सो घटना प्रति दुख व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ। जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका अध्यक्ष तथा राष्ट्रीय मदरसा संघका संस्थापक समिम अहमद नदवीको हस्ताक्षरित विज्ञप्ति रहेको छ।

प्रतिक्रिया दिनुहोस

मन्त्री गुप्ताको पहल ...

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानह ...

६४ औं राष्ट्रिय नर्स ...

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज न ...

उज्यालो पार्टीका उम् ...

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१