Siraha Times
ताजा समाचार

इजरायलमा मृत्यु भएका नेपाली प्रति दु:ख व्यक्त गर्दै शमिम नदवीको हस्ताक्षरित निकालियो प्रेस विज्ञप्ति

  • असोज २४, २०८०
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज २४ जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन्। अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ ।

हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं।

जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जियाउल उलुम, मदरसा उसमान बिन अफफान लगायतले समेत सो घटना प्रति दुख व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ। जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका अध्यक्ष तथा राष्ट्रीय मदरसा संघका संस्थापक समिम अहमद नदवीको हस्ताक्षरित विज्ञप्ति रहेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१