Siraha Times
ताजा समाचार

जसपा नेपाल लहानका नगर काेषाध्यक्ष महताे दिए राजिनामा 

  • असोज २४, २०८०
  • ८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सितल साह,लहान ,असाेज २४ । जसपा नेपालका लहान नगर काेषाध्यक्ष रामु महताे पार्टीकाे पदबाट राजिनामा दिएक छन। पार्टी काे सधारण सदस्यमा रहि ईमानदारी पुर्बक काम गर्ने भन्दै विभिन्न कारण देखाउदै फेसबुकमा स्टाटस लेखेर पार्टीको पदबाट राजिनामा दिएकाे जानकारी गराउनु भएकाे छ । जसपाका राष्ट्रिय अध्यक्ष मा. उपेन्द्र यादबलाई ध्यानाकर्षण गराउदै लहान जसपा नेपाल पार्टीमा बिगत ८ बर्ष देखि काम गर्दा राम्रै संग संचालनमा रहेतापनि अहिले केहि नेताहरु पार्टीलाई भजाएर आफ्नो स्वार्थको राेटि सेक्दै छन् , त कोहि पार्टीको कुर्सीमा बसेर  नगद भजाउनमा ब्यस्त रहेकाे गुनासाे गर्दै र उनिहरुले पार्टी प्रती चासाे नराख्नेको देखेपछी पार्टी भित्र अनुशासनकाे पालना हुनुपर्ने भन्दै राजिनामा दिने घाेषना गर्नु भएकाे छ।

लहान नगर कमिटिलाई सुधार गर्नुपर्ने भन्दा भन्दै पनि नगर अध्यक्ष दिनेश महताेले आफू खुसि नगर समिति बिस्तार गरी भर्ती केन्द्र बनाएकाे आरोप लगाएका छन। सिरहा जिल्लामै प्रदेश सभा प्रत्यक्ष तर्फ एक सिट मात्र जित्न सफल भएका सिरहा क्षेत्र नं.१ ख का राज कुमार गुप्ता(राजु) लाई पार्टीभित्र क्षेत्रकै केहि ठुला भनाउदा नेताहरुनै षडयन्त्र गरि हराउने चाल चल्ने गरि विपक्षि दलहरुसंग ठुलाे मात्रामा आर्थिक लेनदेनकाे सेटिङ गरेकाे दाबि गर्दै आपेक्षित मत ६ देखि ७ हजार मतले बिजय हुनु पर्ने ठाउमा साे भन्दा कम मतले नेता गुप्ताको बिजय भएकाे अरोप लगाएका छन।

जसपा लहानमा पार्टी संगठन बिस्तारकाे लागि र आफैलाइ ठुला भनाउदा नेताकाेलागि पनि आफ्नो आर्थिक लगानि देखि भाैतिक रुपमा समेत दिन रात मेहनत गरि निर्बाचनमा ईमान्दारी पुर्बक काम गरिदै कुर्सीमा पुर्याए पनि आफ्नो कुनै कदर नभएकाे जनाउदै पार्टी पदबाट राजिनामा दिएकाे बताउनु भयाे।

हाल जसपा लहान नगर अध्यक्ष पदमा दिनेश महताे( जिल्ला समन्वय समिता सिरहा अध्यक्ष समेत) रहेका छन भन्ने लहान नगरका उपमेयर पदमा रामचलितर महताे रहेका छन । त्यस्तै सिरहा क्षेत्र नं.१ क मा प्रदेश समानुपातिक सांसदकाे रुपमा ललिता दास बिद्रोहि तत्मा रहेकि छिन भन्ने साेहि १ ख मा प्रत्यक्ष तर्फ राजकुमार गुप्ता रहेका छन। जसपा सिरहा क्षेत्र नं.-१ भित्र यतिका संङ्ख्यामा पार्टी नेता निर्बाचित भएकाे याे पहिलाे पटक भएता पनि पार्टी संगठन बिस्तार हुनुकाे साटाे खस्किदै जानू दुखद भएकाे जनाउनु भयाे।

केन्द्रीय सर्कुलर सुदृढीकरणकाे नाउमा मनपरी गरीएकाे भन्दै विभिन्न पालिका र वडाहरुमा बिवाद भईरहेकाे हुनाले सबैलाई समेटेर संगठन बिस्तार गर्नु आजको आवश्यकता रहेकाे बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१