Siraha Times
ताजा समाचार

एतीहासिक टावरका साथमा वडा अध्यक्ष ठकुरी

  • असोज २३, २०८०
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज २३। सिरहाको विकट रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाइल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित ठकुरीले टावरको सामग्री ल्याएर टावर निर्माणको वातावरण सिर्जना गरेर वडा बासिमा टावर निर्माण गरेर एतिहासिक खुशीयाली प्रदान गर्नुभएको छ । धनगढीमाई १४ का बस्तीहरू गागन, मागन, अमले, चकमके,मैनी चटयान, बिजुली पानी, पल्लार, मोतीश्री, मडयान , देउसे, महाजनी, खुट्टी, दलमे, राईरेनी, अमबास , हातिढुगा , करम चौरी, कसाई टार, चिहान डाँडा, अमिल्टार लगाएतका बस्तीहरूमा विगत लामो समयदेखि एनसेल र एनटिसी मोबाइल नेटवर्कको समस्या भोग्दै आएका स्थानियलाई २१ औं सताब्दीमा आधुनिक युगको आभास दिलाउन हरतरहले सफल भएका छन् वाडा अध्यक्ष अमित ठकुरी ।

बौद्धिक क्षमता र दूरदर्शिताका धनी वाडा अध्यक्ष अमित ठकुरीको लामो संघर्ष र मेहनतले आज धनगढीमाई १४ का जनतामा दशैको खुशीयाली सँगै टावरको खुशीयाली छाएको छ । आम जनताको सेवा सुविधालाई ख्याल गर्दै वडा अध्यक्ष अमित ठकुरीले टावरको लागि गरेको प्रयास सफल भएपछि स्थानिय जनतामा खुशीयाली छाएको छ । यता टावरको निर्माण कार्य सम्पन्न भएपछि वाडा अध्यक्ष अमित ठकुरी लेख्नुहुन्छ " बोलेर होइन हजुर गरेर देखाउनुस् हजुरहरु कता ? NTC को टावर एता वार्ड न १४ मा " वाडा अध्यक्ष अमित ठकुरीको काम गराईको शैली अति उत्तम रहेको आम बुझाई रहेको पाईन्छ । टावर निर्माणले सिरहाको वडा नं १४ का सबै बस्तीहरूमा मोबाइल नेटवर्कमा कुनै कमी हुने छैन भने उदयपुरकाे कटारी नगरपालिकाका विभिन्न वडाहरूमा समेत नेटवर्कले सजिलै काम गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१