Siraha Times
ताजा समाचार

आगलागी पीडितको घर पुगे राहत सामग्री सहित अध्यक्ष यादव

  • असोज २०, २०८०
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २०असोज सिरहाको नवराजपुर गाउँपालिका -१ गेरुवाहाका आगलागी पीडितलाई गाउँपालिकाले खाद्यान्न समाग्री सहित आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले शुक्रबार आगलागी पीडित बिन्दा दासलाई गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव,वडा नं १का वडा अध्यक्ष नवीन कुमार यादव २न. वडा अध्यक्ष बंशी यादव लगायत गाउँबासी भद्राभलादमीहरुको उपस्थितिमा खाद्यान्न समाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेका हुन। आगलागीबाट दासको घर पूर्ण रुपले क्षति भएकाले पीडितको पुनः स्थापनाका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्षका निजी सचिव कृष्ण यादवले जानकारी दिए । गत असोज १८ गते दासको घरमा आगलागी हुँदा घर तथा भैंसी जलेर पुर्ण रूपमा नष्ट भएको ईलाका प्रहरी कार्यलय नवराजपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१