ताजा समाचार

आगलागी पीडितको घर पुगे राहत सामग्री सहित अध्यक्ष यादव

  • असोज २०, २०८०
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २०असोज सिरहाको नवराजपुर गाउँपालिका -१ गेरुवाहाका आगलागी पीडितलाई गाउँपालिकाले खाद्यान्न समाग्री सहित आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले शुक्रबार आगलागी पीडित बिन्दा दासलाई गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव,वडा नं १का वडा अध्यक्ष नवीन कुमार यादव २न. वडा अध्यक्ष बंशी यादव लगायत गाउँबासी भद्राभलादमीहरुको उपस्थितिमा खाद्यान्न समाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेका हुन। आगलागीबाट दासको घर पूर्ण रुपले क्षति भएकाले पीडितको पुनः स्थापनाका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्षका निजी सचिव कृष्ण यादवले जानकारी दिए । गत असोज १८ गते दासको घरमा आगलागी हुँदा घर तथा भैंसी जलेर पुर्ण रूपमा नष्ट भएको ईलाका प्रहरी कार्यलय नवराजपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤