Siraha Times
ताजा समाचार

नैनपुर सडकखण्डप्रति मेयर/ उपमेयर मौन आवत जावत प्रभावित

  • असोज २०, २०८०
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २० । सिराहा जिल्लाको धनगढीमाई ११ स्थित नैंनपुर सडकखण्ड अन्तर्गत दुम खोला स्थित सडकमा आवत जावतमा प्रभावित हुने गरी स्थानियद्वारा सडक मिचिएको अवस्था रहेको देखिन्छ । पूर्व पश्चिम राजमार्गको स्थानिय आप चोक देखि उत्तर सर्रे खोला समिपका बस्तीहरूमा जानको लागि बनाईएको सडकको बेहाल भईरदा पनि धनगढीमाई नगरपालिका दर्शक बनेको अवस्था रहेको देखिन्छ ।

स्थानिय धनगढी बजार भएर राष्ट्रका विभिन्न ठाउँहरूमा आवात जावतका लागि बनाइएको सडकको अवस्था एकातिर जर्जर रहेको छ भने अर्कोतिर सडकको मध्य भागमा पानीको निकासलाई स्थानियले नगरपालिकालाई चुनौती दिँदै बन्द गरेपछि सडकमा आवत जावत प्रभावित भएको हो । सडकको दायाँ बायाँ स्थानियले मिचेर सडकलाई सागुरो गरी पानी निकास स्थानियले बन्द गरेपछि सडकमा पानी जमेको हो । नगरलाई चुनौती दिँदै स्थानियले आफ्ना दादा गिरी वर्षौंदेखि कायम राखेर पानीको निकासलाई रोकेका छन् ।

फलस्वरूप सामान्य वर्षामा पनि सडकमा पानी जमेर पोखरी बन्ने गरेको छ । धनगढीमाईको मुख्य सडकको रूपमा रहेको यस सडक भएर स्थानिय विद्यालयहरूमा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई समेत समस्या उत्पन्न भइरहँदा पनि स्थानिय निकायले दीर्घकालीन उपाय नअपनाई आफ्नो कर्तव्यबाट पछि हटेको अवस्था रहेको छ ।

बाटोको अवस्थाको सम्बन्धमा वाडा अध्यक्ष अशोक श्रेष्ठलाई फोन संपर्क गर्दा " तपाईंले नै माटो हाल्नु भनी भनेका थिए भने सामान्य कुराकानीमा बाटोको अवस्थाको अवलोकन हामीले गरेका छौं , दुई दिन भित्र बाटोमा ग्रावेल हाल्ने जानकारी गराएपनि वाडा अध्यक्ष श्रेष्ठ बेखवर छन् । नगरपालिकाको आफ्नो अमिन हुँदा हुँदै पनि नगरले हालसम्म आफ्नो तागत देखाउन सकेको छैन । नगर प्रहरी र सिरहाको सुरुक्षा व्यबस्था मिलाएर मिचिएको सडक फिर्ता गराउने दायित्व बाट मेयर शिवशंकर महतो र उप मेयर संगिता कुमारी चौधरी पन्छिएको अवस्था रहेको देखिन्छ ।

दलित बस्ती रहेको उक्त ठाउँमा आवत जावत प्रभावित भइरहँदा पनि शुभकामना ,उद्दघाटन , कार्यकर्ता भेला सम्मान लगाएतका कार्यक्रममा पछिल्लो समय व्यस्त देखिएका नगर प्रमुख र उप प्रमुखहरुको उक्त बाटो प्रति ध्यान नजानु चिन्ताको विषय हो ।

 

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१