कल्याणपुर नगरपालिकाको नगर सभा विवादका बीच सम्पन्न

  • असोज १५, २०८०
  • ६३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १५ । सिरहाको कल्याणपुर नगरपालिकाको आठौं नगर सभाको आयोजना स्थलमा विवाद उत्पन्न भएपनि आठौ नगर सभा सम्पन्न गरिएको छ । सिरहाको कल्याणपुरमा आयोजित नगरसभा करिब १२ बजेको समयमा सञ्चालनका लागि आयोजकले अनुमति दिने बित्तिक्कै सभामा हल्ली खल्ली मचचिएको थियो । करिब १२ बजेको समयमा विवाद उत्पन्न भएपछि सभा एक घण्टा रोकिएको थियो । आपसी सम्झौता पछि शुरू भएको सभा चल्दै गर्दा बीचमा पुन नाराबाजी गरिएको थियो । जम्मा २२ सचिवालय सदस्य रहेको पालिका भित्र १८ जना सदस्य आफ्नो पक्षमा रहेको मेयर रामपुकार शाहले बताए ।

कूल ६५ जनप्रतिनिधि रहेको यस नगरपालिकामा कतिपय वाडा कार्यालय भाडामा चलाउनु पर्ने बाध्यात्मक स्थिति रहेको अवस्थामा नगरमा सार्वजनिक सरोकारका भौतिक संरचना निर्माणमा आफ्नो ध्यान केन्द्रित भई उपमेयर र वाडा अध्यक्षको कार्यक्षेत्रलाई मध्यनजर गरेर यस अघिनै नगरको बजेट वितरण गरी सकिएको र वितरित बजेको सही छाप भइसकेको नगरपालिकाले जनाएको छ । बाँडफाँड गरिएको बजेट मध्ये उब्रिएको करिब साढे सात करोड बजेटमा विपक्षीको नजर परेको हुनाले सभामा हल्ली खल्ली भएको मेयर शाहले बताए । उब्रीएको बजेटलाई विपक्षीले आफ्नो अनुकुल बनाउन माग गरेको र आफूले उक्त रकमलाई विकास निर्माणमा लगाउन चाहेको हुनाले विवादको सिर्जना भएको मेयर शाहले बताए ।

विवादित सभा सकिएको घोषणा गरिए पछि सभा परिसरमा नारा बाजी हुन थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिएको थियो यद्यपि सभा सम्पन्न भएको मेयर शाहले बताए । यता विवादित नगरपालिकाको रूपमा परिचित कल्याणपुर नगरपालिकामा जहिले पनि बिबादै बिबाद देखिनु परेको अवस्था रहेको छ । कहिले बिद्यार्थीको आन्दोलन , त कहिले रोडको बिबाद भने कहिले भ्रष्टाचारको बिबाद , त कहिले जनप्रतिनिधिनै आफन्तलाई करारमा भर्ना लगायतको विवादहरू यस पालिकामा नियमित जसो भइरहेको अवस्था छ । आम नागरिकलाई गुमराहमा राखेर विकासका प्रक्रियाहरू अगाडि बढाएर काम गर्दै आएका यस पालिका भित्र सडक , शिक्षा ,स्वास्थ्य लगाएत समग्रमा विकास हालसम्म चाहे जस्तो देख्न पाईएको छैन ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

भगवानपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१