ताजा समाचार

नजबुल खान महत्मा गाँधी शान्ति पुरस्कारबाट सम्मानित

  • चैत ६, २०७५
  • १४९० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ६ चैत्र । आशन, भाषण र शासनमा महिला हुनुपर्छ भने माग राख्दै नोट आफ डिसेन्ट अभियान चलाइरहेकी नजबुल खान निलम महात्मा गान्धी एशियाली शान्ति पुरस्कारबाट आज सम्मानित भएकी छन् । नेपाल राष्ट्रिय मोडलिङ्ग संघले आज एक समारोहबीच बरिष्ट कलाकार सरोज खनालका हातबाट अभियान्ता खानलाई चैत्र ६ गते काठमाण्डौमा सम्मानित गरिएको छ । उदयपुरबाट अभियान चलाएर नजबुल खान यत्तिबेला देशभरी महिला हिँसा, लैगिँक हिँसा, घरेलु हिंसा, बालविवाह, दहेजप्रथा विरुद्ध शसक्त रुपमा महिला जागरण गर्दै आएकी छीन् । शान्ति पुरस्कारबाट सम्मानित हुनु भएकी खान यत्तिबेला कन्डम निःशुल्क पाइन्छ तर सेनेटरी प्याड निःशुल्क पाइँदैन भन्दै महिलालाई विभेद गरिएको उनको ठम्याई छ ।

खान महिलालाई स्थानीय तहले निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गर्नुपर्ने अभियान सञ्चालन गरिरहेकी छिन् । मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थान र हकअधिकारका लागि निरन्तर लागिपरेकी छिन् उनी । आवाजविहीनको आवाज बनेकी नजबुल स्वयंको आवाज भने धसिएको छ । आवाज फर्काउन धेरै कोसिस गरिन्, सकिनन् । उनी भन्छिन् ‘आफ्नै स्वरको अभावमा पीडित छु ।’ घरबाट बाहिर निस्किन हिचकिचाउने मुस्लिम महिलामध्ये नजबुल २०६२ सालको लोकतान्त्रिक जनआन्दोलनका क्रममा सडकमा आएकी थिइन् । आन्दोलनमा सहभागी भएका वेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रुग्यासको गोलीको खोका लाग्यो । उनी ५ घन्टासम्म बेहोस भइन् । भन्छिन्, ‘मेरो स्वर खोसिए पनि हिम्मत खोसिएको छैन ।’

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤