अंचल अस्पताल राजविराजमा म्याद समाप्त भएको औषधि फेला

  • चैत २१, २०७४
  • ६६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सप्तरी, २१ चैत। सरकारले सबैभन्दा बढी बजेट शिक्षा र स्वास्थ्यमा खर्चेपनि सप्तरीको एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको अवस्था दिन प्रतिदिन खस्किदै गईरहेको छ ।सरकारी उदासिनता तथा अस्पताल प्रशासनको लापर्बाहीका कारणले गर्दा जिल्लाको एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल दिन प्रतिदिन रेफर सेन्टरको रुपमा परिणत भईरहेका छन ।

सरकारी अस्पतालमा राज्यले विभिन्न ६७ किसिमका ओषधिहरु निशुल्क रुपमा गरिब,निमुखा जनताहरुलाई बितरण गर्नका लागि पठाएपनि गजेन्द्र नारायण सिह सगरमाथा अंचल असपताल प्रशासनको लापबाहिका कारणले ती गरिब ,निमुखा जनताहरुले पाउँने निशुल्क ओषधि नपाउने गरेको सेवाग्राहीहरुको गुनासो रहेका छन । अस्पताल प्रशासनको मिलोमतोमा ति औषधिहरु पहुँचवाला तथा राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले मात्र उक्त औषधिहरु निशुल्क रुपमा पाउँने गरेको श्रोतको दाबी रहेको छ । जिल्लाका अत्ति विपन्न समुदायबाट कुनै बिरामी आएपनि अस्पताल प्रशासन तथा अस्पतालका कर्मचारीहरुले एक बोतल स्लाईन पानी समेत सहयोग नगर्ने गरेको बिरामीहरुको गुनासो रहेको छ , तर पहुँच वाला र कुनै राजनितिक दलका नेता तथा कार्यकर्ताहरु आउँदा अस्पतालका कर्मचारीहरुले सहजै तरीकाबाट आवश्यक औषधि देखी लिएर हरेक सवा सुबिधा दिने गरेको बिरामीहरु बताउँछन ।

यसैबिच अस्पताल प्रशासनले एक जान बिरामीलाई एक बोतल स्लाईन पानी दिँदा म्याद गुज्रिएको फेला परेका छन । सो स्लाईन पानीको म्याद नै मार्च २०१८ सम्म रहेको तथा आज मार्च २ तारिख रहेकाले सो तथ्य बाहिर आएका छन ।अस्पताल श्रोतका अनुसार सर्वसाधारण जनताहरुका लागि निशुल्क रुपमा वितरण गर्न आउँने औषधि समयमा सर्वसाधारणहरुलाई अस्पताल प्रशासनले वितरण नगर्ने गरेको तथा म्याद समाप्त भएपछि लाखौंको औषधिहरु खाँल्डोमा पुरिएर नष्ट गर्ने गरेका छन । अस्पतालमा सर्वसाधारणहरुका लागि निशुल्क वितरण गर्न आउँने औषधिहरु समयमा जिल्लाका गरीब ,निमुखा जनताहरुलाई वितरण नगर्ने गरेकै कारणले बर्षेनी लाखौंको औषधिहरु म्याद समाप्त भएपछि अस्पताल प्रशासनले नष्ट गर्ने कार्यप्रति जिल्लाका सरोकारबाला निकायहरुको गम्भिर ध्यानाकर्षण भएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस

सुखिपुर नगरपालिकामा ...

दलित विकास मञ्च (DDF) गाेलबजार सिरहाकाे अायाेजनामा Helen Keller international काे अार्थिक सहयोग र सु ...

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१