Siraha Times
ताजा समाचार

सोह्र श्राद्धको आरम्भ

  • असोज १३, २०८०
  • ८३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, असाेज १३ । हिन्दु सांस्कृतिक समाजमा मृत्यु भएका आफ्ना वंशज, पुर्वज र नातेदारहरुलाई श्रद्धापूर्वक वैदिक विधिनुसार १६ दिनसम्म स्मरण गरिने अवधिलाई सोरह श्राद्ध भनिन्छ । आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोली चालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यस सोह्र श्राद्धको अवधीभर कुनैपनि देव कार्य गर्नुहुदैन भन्ने मान्यता रहिआएको पाईन्छ । पितृहरुको उद्दारका लागि घर घर र तिर्थस्थलमा श्राद्ध कर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ ।

यस १५ दिन भित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्व बोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । । यो वर्षको सोह्रश्राद्ध आश्विन ११ गते प्रारम्भ भई आश्विन २५ गते समाप्त हुन्छ । शास्त्र अनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी तर शरीरमा सुन, तेल र साबुनको संसर्ग नगरी एक छाक ‘एकछाकी’ सात्विक भोजन गरी चोखोनीतो रूपमा बस्नु पर्छ । श्राद्धका दिन र सोह्रश्राद्धको पूरा अवधिभर घरमा माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन गर्नु हुँदैन ।

दिउँसो सुत्नु वा निदाउनु हुँदैन र राति पनि भुईँमा एकसरो ओछ्यान लगाएर शयन गर्ने परम्परा रहेको छ । यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, गर्नु हुँदैन । श्राद्ध पक्षमा घरमा रङ्ग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्न समेत बर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्नु हुँदैन । श्रोत सामाजिक सञ्जालवाट साभार

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१