ताजा समाचार

चमार कल्याण समाजको समन्वय तथा राजदुतावासको सहयोगमा मोचिको शव नेपाल पठायो

  • असोज १२, २०८०
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

क्वलालमपुर - मलेसिया स्थित जलान मेरुको सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोचीको शव नेपाल पठाईएको छ । चमार कल्याण समाज मलेसियाको समन्वय तथा नेपाली राजदुतावासको सहयोगमा सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोची चमारको शव नेपाल पठाइएको छ । देशमा बेरोजगारी समस्या, परिवारको आर्थिक स्थिति सुधार्न तथा परिवारको भविष्य सुन्दर बनाउने सपना लिएर आएका उनको सडक दुर्घटनामा सेप्टेम्बर १५ मा मोचीको मृत्यु भएको थियो ।

सिरहाको लहान नगरपालिका घर भएका मोचाी विगत ६ वर्ष देखि प्रवास लेसियामा श्रमिकको रुपमा काम गर्दै आएको थिए । सिरहा जिल्लाको लहान नगरपालिका १ मोटियार्बा घर भएको मोचिको निधन पछि बुपा बिसनिया मोची चमारले चमार कल्याण समाज मलेसियालाई जानकारी गराएपछि शलपत्र शवको उद्धार गरी नेपाल पठाईएको हो । २५ वर्षिय अशोक ६ वर्षदेखि मलेशियाको सोलाङ्गर स्थित म्याक्सटर ग्लोब म्यानुफयाचर एसडिएन बिएचडि नामक कम्पनीमा काम गर्दै आएको थियो । उनको १५ सेप्टेम्बरमा जलान मेरु भन्ने स्थानमा बाटो काट्ने क्रममा मोटर दुर्घटनामा मृत्यु भएका चमार कल्याण समाज मलेशीया शाखाका सहसचिव रामकिशोर महराले जानकारी दिए ।

दुर्घटना भएको केही दिनपछि जानकारी पाएको चमार कल्याण समाज मलेसियाले नेपाली राजदूतावासको सहयोगमा अलपत्र शवलाई २७ सेप्टेम्बरमा मलेसियाबाट नेपाल पठाएको हो । साथै नेपाल सरकार तथा कार्यरत कम्पनीसंग क्षतिपुर्तिको लागि पहल गरिदिन हुन समेत आग्रह गरेको छ । प्रवासमा कुनै पनि श्रमिकहरुको अकालमा मृत्यु हुन नदिन चमार कल्याण समाज मलेसिया शाखाले समय समयमा विभिन्न चेतना मुलक कार्यक्रम समेत गर्दै आएको समाजका कोषाध्यक्ष रामदयाल राम (चमार)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤