Siraha Times
ताजा समाचार

चमार कल्याण समाजको समन्वय तथा राजदुतावासको सहयोगमा मोचिको शव नेपाल पठायो

  • असोज १२, २०८०
  • ९६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

क्वलालमपुर - मलेसिया स्थित जलान मेरुको सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोचीको शव नेपाल पठाईएको छ । चमार कल्याण समाज मलेसियाको समन्वय तथा नेपाली राजदुतावासको सहयोगमा सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोची चमारको शव नेपाल पठाइएको छ । देशमा बेरोजगारी समस्या, परिवारको आर्थिक स्थिति सुधार्न तथा परिवारको भविष्य सुन्दर बनाउने सपना लिएर आएका उनको सडक दुर्घटनामा सेप्टेम्बर १५ मा मोचीको मृत्यु भएको थियो ।

सिरहाको लहान नगरपालिका घर भएका मोचाी विगत ६ वर्ष देखि प्रवास लेसियामा श्रमिकको रुपमा काम गर्दै आएको थिए । सिरहा जिल्लाको लहान नगरपालिका १ मोटियार्बा घर भएको मोचिको निधन पछि बुपा बिसनिया मोची चमारले चमार कल्याण समाज मलेसियालाई जानकारी गराएपछि शलपत्र शवको उद्धार गरी नेपाल पठाईएको हो । २५ वर्षिय अशोक ६ वर्षदेखि मलेशियाको सोलाङ्गर स्थित म्याक्सटर ग्लोब म्यानुफयाचर एसडिएन बिएचडि नामक कम्पनीमा काम गर्दै आएको थियो । उनको १५ सेप्टेम्बरमा जलान मेरु भन्ने स्थानमा बाटो काट्ने क्रममा मोटर दुर्घटनामा मृत्यु भएका चमार कल्याण समाज मलेशीया शाखाका सहसचिव रामकिशोर महराले जानकारी दिए ।

दुर्घटना भएको केही दिनपछि जानकारी पाएको चमार कल्याण समाज मलेसियाले नेपाली राजदूतावासको सहयोगमा अलपत्र शवलाई २७ सेप्टेम्बरमा मलेसियाबाट नेपाल पठाएको हो । साथै नेपाल सरकार तथा कार्यरत कम्पनीसंग क्षतिपुर्तिको लागि पहल गरिदिन हुन समेत आग्रह गरेको छ । प्रवासमा कुनै पनि श्रमिकहरुको अकालमा मृत्यु हुन नदिन चमार कल्याण समाज मलेसिया शाखाले समय समयमा विभिन्न चेतना मुलक कार्यक्रम समेत गर्दै आएको समाजका कोषाध्यक्ष रामदयाल राम (चमार)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१