पैगम्बर महमदको जन्म जयन्ती मनाइँदै

  • असोज ११, २०८०
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,असाेज ११ । सिरहाको विभिन्न ठाउँहरूमा ईस्लाम धर्मका अनुयायीहरु अर्थात् मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका पर्वतक हजरत मोहम्मद सल-अल्लाहो अलैहे वसल्लमको १४८८ औ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाईरहेको छ । ईस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । ( श्रोत सामाजिक सञ्जाल ) मुस्लिम समुदायको सन्देष्टाका रुपमा मानिने पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिनामा गएको उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) को सुरु भएको मानिन्छ ।

सिरहाको लहान लगाएत विभिन्न ठाउँहरूमा विभिन्न संघसंस्था, मदरसा, मस्जिद लगायतको आयोजनामा जिल्लाका विभिन्न ठाउँहरूमा र्याली निकालेर मुस्लिम समुदायले मोहम्मद डे अर्थात् जन्म जयन्ती मनाईरहेको छ । र्यालीमा राष्ट्रिय झण्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा बोकेर मुस्लिम समुदायले सिरहाका मुख्य मुख्य बजारहरु परिक्रमा गरेका छन । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको विश्वास गरिन्छ ।

मोहम्मदको जन्म दिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन् । जसलाई मुस्लिम समुदायले जलसा ईद मिलादुन नवी, तकरिर गर्ने भन्दछन् । एकदमै उत्साहपूर्वक मोहम्मदको सम्झना गरेर मनाईने पर्वमा गाउँमा भोजको अयोजना समेत गरिन्छ । मधेश प्रदेशमा मोहम्मद डेको अवसरमा प्रदेश सरकारले सर्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

जिल्ला उद्योग वाणिज् ...

ओम प्रकाश यादव लहान,पुष २३ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास ...

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज २३ पुस। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन वि ...

विमलेन्द्र निधिमाथि ...

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१