ताजा समाचार

परिक्रमामा सहभागीहरुलाई सबैलामा भव्य स्वागत

  • चैत २, २०७५
  • १२२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत , २ १५ दिन मिथिला मध्यमा परिक्रमाक डोला शनिवार सबैला नगरपालिकाको सतोषर पुगेको छ । परिक्रमामा सहभागीहरुलाई सबैला नगरपालिकाका नगर प्रमुख विजय शंकर साहले भव्य स्वागत गरेको छ । साहले परिक्रममा सहभागीहरुको सुविधालाई ध्यानमा राखी बास , शौच र प्राथमिक उपचारको समेत व्यवस्था मिलाईएको जनाएको छ । धनुषाको कचुरी मठबाट सुरु भएको परिक्रमा हनुमानगढी हुदै भारतक कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, महोत्तरीको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन धनुषाक पर्वता, धनुषाधाम, सतोषर, औरही र विसौल परिक्रमा डोला पुग्ने गरेको छ । अन्तिम दिन जनकपुरधाम पुगी अन्तगृह परिक्रमा गर्दै परिक्रमा सम्पन्न हुने गरेको छ । शताब्दीयौँदेखि पवित्र भूमि जनकपुरको श्रद्धापूर्वक परिक्रमा गर्ने चलनअनुरुप मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो । यस अघि पाँच दिने परिक्रमाअन्तर्गत कल्याणेश्वर, गिरिजास्थान, क्षिरेश्वर, धनुषाधाम र फेरि कल्याणेश्वर पुगी अन्त्य हुने गरेकामा १५ दिने परिक्रमाअन्तर्गतसञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा राम र सीताका मूर्ति सजाएर राखिएको हुन्छ जसले सम्पूर्ण परिक्रमा पथको नेतृत्व गर्दछ । परिक्रमामा सहभागी भएमा दुःख कष्टबाट मुक्ति हुने विश्वास रहेका कारण परिक्रमामा लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤