Siraha Times
ताजा समाचार

पत्रकार दुबेको आमाको पार्थिव शरिरमा नेता रौनियारले राष्ट्रिय झण्डा ओढाई गरे श्रद्धाञ्जली अर्पण

  • भदौ ३१, २०८०
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ३१ भदौ, बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजन बारा, पर्सा, रौतहट प्रमुख पत्रकार उमेश दुबेको ममतामयी आमा लक्ष्मी देवीको शनिवार हिन्दू परम्परा अनुसार दाह संस्कार गरिएको छ । मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको थियो ।

बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरियाको ुसमसानघाटमै पुगेर स्व. लक्ष्मी देवीको पार्थिव शरिरमा नेपाली काँग्रेस बाराका सचिव एवं युवा नेता राजेश रौनियारले नेपालको राष्ट्रिय झण्डा ओढाई सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए । सम्मान गर्दै रौनियारले पत्रकार दुबेले आफ्नो पत्रकारिता पेशा मार्फत समाजमा भए गरेका बिकृति बिसंगति बिरुद्ध सधै कलम चलाई समाजको हितमा काम गरेको हुनाले उहाँलाई जन्म दिने आमा स्व. लक्ष्मी देवीको पार्थिव शरीरमा नेपालको झण्डा ओढाई सम्मान गरेको बताए । दाह संस्कारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, बारा, पर्साका सञ्चारकर्मी लगायत स्थानियहरुले घाटमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१