वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख ः उपसभापति नीधि

  • चैत १, २०७५
  • ८११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

                     ओली सरकार असफल ः गगन थापा

किशोर कुमार मंडल चैत १ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताए । नेपाल बिधुत प्राधिकरण कर्मचारी संघको दशौं केन्द्रीय परिषद भेला उदघाट्न सत्रलाई जनकपुरमा शनिवार सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए । वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीसँग संघीय नेपाल चलाउने योग्यता नभएको बताएका छन् । सरकारले गर्नुपर्ने काम नगरी अनावश्यक र नगर्नु पर्ने काम गरेको आरोप लगाउँदै थापाले यस्तो आरोप लगाएका हुन् । एक वर्षमा दुई तिहाई सरकारको उपलब्धि शून्य हुनु नै ओलीको क्षमता नरहेको उनको दाबी छ । नेता थापाले वर्तमान अवस्थामा नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको सपनामा गरिब नागरिक छैनन्। उहाँको सपना पानी जाहाज, रेल र प्लेन चलाउने मात्र छ । बाँकी गरिब र विकट क्षेत्रका जनतालाई उहाँले बिर्सनु भयो’, नेता थापाले भने, ‘मुलुकको धेरै स्थानमा समान्य र अतिआवश्यक स्वास्थ्य सेवा औषधि चिकित्सक समयमै र्पुयाउन सकेको छैन, गुणस्तरीय शिक्षा दिन विद्यालयमा भौतिक पूर्वाधार र योग्य शिक्षक छैनन्। तर यसमा प्रधानमन्त्रीको चिन्ता छैन।’ नेता थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारबाही गर्न नसकेको आरोप लगाए । ‘भष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन’, थापाले भने, ‘पीडित न्याय माग्न सडकमा आउनुपर्छ, खोइ सरकारले जनतालाई सरकार भएको अनुभूति दिन सकेको ?’जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताउंदै उनले ‘दुई तिहाईको पार्टीका दुई पाइलट एक जना संघीयता र अर्को लोकतन्त्रका विरोधी छन’, उनले भने ‘संघीयता र लोकतन्त्रको विमानलाई गम्भीर दुर्घटनामा पार्ने खतरा छ । नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका जनार्दन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामसरोज यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , पुर्व सभासद दिनेश प्रसैला , नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका अध्यक्ष पुषकर आचार्य , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपाध्यक्ष संतोष यादव , सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति कन्हैया कर्ण , युवा नेता प्रफुल्लराज घिमिरे , नगरसभापति मनोज साह , युवा नेता प्रवेश चौधरी , सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१