Siraha Times
ताजा समाचार

विजयनगर गाउँपालिकमा नदी कटानले समस्या स्थानीय निकाय मौन

  • भदौ २८, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु भदौ २८ । कपिलवस्तुको विजयनगर नदी कटानले समस्या स्थानीय निकाय मौन  गाउँपालिका अध्यक्ष बताउनुभयो नदी कटानले समस्या निम्त्याएको छ l कपिलवस्तुको विजयनगर गाउँपालिकाका बस्तीमा नदी कटानले समस्या निम्त्याएको छ । पालिकामा चिराई, विशवा र अर्रा नदीले खेतीयोग्य भूमि कटान गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।  नदी कटानले ७ सय बिघा खेतीयोग्य जमिन उच्च जोखिममा छ ।

चिराई नदीले वडा नम्बर २ मा चिराई नदीले लोहरौलाको छिटहनीमा एक सय ५० मिटर र दौवानमा दुई सय ५० मिटर जमिन कटान गरेको छ । वडा नम्बर १ सेमरीमा चिराई र विशवा खोलाको दोभानले कटान गरी दुई सय ५० मिटर बस्तीतर्फ छिरेको अनुगमनको क्रममा देखिएको अध्यक्ष थापाले बताउनुभयो । चिरई नदीले कटान गर्दा आधारभूत विद्यालय थरौली समेत जोखिममा परेको छ ।  नेपाल भारत सीमामा पर्ने अर्रा नदीले अन्दाजी पाँच सय बिघा वन क्षेत्र (गौतमबुद्ध साझेदारी बन) कटान गरेको छ ।

नयाँ बस्ती–तीनघरेको बीचका पाँच बस्ती प्रभावित भएका छन्। जसका कारण नौसहरा, वीरनगर, अमृतडिहवा, नयाँबस्ती र तिनघरे गाउँ जोखिममा छन् ।   जलस्रोत तथा सिँचाइ विकास कार्यालयका डिभिजन प्रमुख पुरुषोत्तम उपाध्यायले नदी कटानले उच्च जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माणको योजना निर्माण गर्ने बताउनुभयो। वर्षातको सिजन सकिए लगत्तै आवश्यक प्रक्रिया पुर्याएर तटबन्ध निर्माणका विभागसँग समन्वय गरिने बताइएको छ । स्थानीय सरकारसँग साझेदारी गरी तटबन्ध निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१