वीरगंज २३ भदौ । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएको छ । जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको बताईएको छ । घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए ।
हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ । यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको समाचार स्रोतले जनाएको छ । पालिकाले जनताको लागि खरिद गरिएको सामग्रीहरु कर्मचारीहरुले नै चोरेर आफ्नो घर लग्दा न प्रमुख प्रशासकीय अधिकृत राज कुशावाहा न त पालिका अध्यक्ष सुरेश मेहतालाई नै मतलब छ । यसरी चोरीको घटना बाहिर आउँदा समेत पालिका अध्यक्ष मेहताले चोरीमा संलग्न कर्मचारीहरुलाई कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाउदां उनीमाथि पनि स्थानियहरु शंका गर्न थालेका छन् ।
सो विषयमा कार्यालय सहयोगी मुना सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा आफुलाई जिन्सी शाखा प्रमुख हरि सरले कार्यालयको सामग्री मिलाउन भने पछि रातिको समयमा कार्यालयमा गएको बताए । साथै पालिकाले सम्पूर्ण कर्मचारीहरुलाई एक÷एक थान व्याग र रैनकोट वितरण गरेको र आफ्नो बाकी रहेकोले रातिको समयमा सो सामग्री लिन गएको स्वीकार गरे । सो सम्बन्धमा जिन्सी शाखा प्रमुख हरि मोहन महतो सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले खरिद गरेको बल्ब र तारहरु किनेर मगाएकोमा कर्मचारीहरुले नास्ता गर्दा ढिलो भए पछि रातिको समयमा राख्न पठाएको बताए । कार्यालयमा रहेको वाईफाई बन्द गरेपछि स्थानियहरुले बिरोध जनाएको भनि चोरीको घटनालाई ढाकछोप गर्दै आफ्नो चोरीको कालाकर्तुतहरु लुकाउन खोजेका थिए ।
सो सम्बन्धमा पालिका अध्यक्ष सुरेश मेहता सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा खरिद गरेको बल्ब र तारहरु राख्न गएको भनि प्रतिक्रिया दिए । फेरी तर कार्यालय सहयोगी सँग सोध्दा उनले व्याग र रैनकोट लिन गएको भनि स्वीकार गरेका छन् भनि सोध्दा पालिका अध्यक्ष मेहताले केही नबोली मोबाईल फोन काटेर कुरा गर्न चाहेनन् । भदौ २१ गते चोरीको घटना स्थानियहरुले हो–हल्ला गरी सार्वजनिक गरेपछि भ्रष्ट प्रवृतिका कार्यकारी अधिकृत राज कुशवाहाले मोबाईल फोन अफ गरी सम्पर्क विहिन भएको स्थानियहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic