कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

  • भदौ २३, २०८०
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , भाद्र २३ नजिकिदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो।

दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए। कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनतव्य राखेकी थिइन।

कार्यक्रमका बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला अध्यक्ष रविन्द्र पौडेलले महिला हरूलाई तिजको शुभकाना दिदै महिलाहरू प्रति संघ सधै सम्मान गर्ने बताए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिवा घिमिरेले समेत नारी हरूको महान चाड तिजको शुभकाना व्यक्त गरे। कार्यक्रमको औपचारिक उद्घाटन भई तिज विशेष नाचगान समेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, होटल व्यवसायी, उद्योगि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लक्षण भूषालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

लहान–५ की अपांग नावा ...

रहमुल लहान १३ । लहान–५ की एक अपांग नावालिकमाथि जबरजस्ती करणी भएको आरोप सार्वजनिक भएपछि घटनाले ...

औरहीमा छैठौं APL क्र ...

रहमुल लहान असोज १३ । “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका सा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१