गिरीको प्रथम वार्षिकी कार्यक्रममा प्रधानमन्त्रीको आगमन , कार्यक्रम भव्यताका साथ सम्पन्न

  • भदौ २२, २०८०
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २२ ।सिरहाको लहानमा नेपाली राजनीतिक वृत्तमा सिरहाबाट उदाएका बौद्धिक क्षमताका धनी तथा नक्षत्र प्रदीप गिरिको प्रथम वार्षिकी समारोहमा उनको शालिकको अनावरण समानानिय प्रधानमन्त्री दाहालले गर्नु भएको छ । विक्रम सम्वत २००४ साल कार्तिकमा सिरहाको बस्तीपुरमा जन्मिनु भएका गिरीका पिता मित्रलाल गिरी र माता पुण्य प्रभा गिरी हुन् । गिरी जन्मिएको ३ वर्ष पछि नेपालमा प्रजातन्त्रको उदय भएको थियो । विक्रम सम्वत २०१७ सालमा नेपाली राजनीतिक यात्रामा प्रवेश गरेका गिरीले विक्रम सम्वत २०२१ पछि सक्रिय राजनीतिमा आफूलाई उभ्याउन सफल भएका थिए ।

विक्रम सम्वत २०२४ सालमा नेपाल छात्र संघको उपाध्यक्ष बनेका गिरी राजनीतिक यात्राको क्रममा पटक पटक गरी करिब ४ वर्ष जेल जीवन बिताए । गिरीका दुई काकाहरु तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृह मन्त्री पनि भएका थिए । पिता मित्रलाल गिरी तत्कालीन समयमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति समेत भएका थिए । पारिवारिक राजनीतिक माहोलको कारण उनी राजनीतिक यात्राको क्रममा विक्रम सम्वत २०२५ सालमा १८ महिना र २०४२ सालमा १ वर्ष जेल परेका थिए ।

राजनीतिक चिन्तनका धनी गिरीले राजनीतिक वृत्तमा पुर्याएको योगदानको कदर गर्दै सिरहाको लहान नगरपालिका वडा नं १४ खुट्टी खोलाको छेउमा रहेको " मित्र सेवा आश्रम " परिसरमा सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले स्व. प्रदीप गिरिको पूर्ण कदको सालिकको अनावरण गर्नुभएको छ ।

स्व.गिरि मेमोरियल ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरिको अध्यक्षतामा आयोजित गिरिको प्रथम वार्षिकी सभामा अर्थमन्त्री डा.प्रकाश शरण महत, परराष्ट्र मन्त्री एन.पी.सावद, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल,मधेस प्रदेश उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, पूर्व मन्त्रीहरु सीतादेवी यादव, पदम नारायण चौधरी, अजय कुमार नायक, संविधानसभा सदस्य तथा सिरहा काङ्ग्रेस सभापति रामचन्द्र यादव लगायत हजारौं नेता तथा कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै लहान नगर प्रमुख महेश चौधरीले लहानको समसामायिक विकास अन्तर्गत शिक्षा,स्वास्थ्य , सडक , लगाएतका विकासप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । सभालाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहासङ्ग परिचित मात्र होइन सुपरिचित छौ ,भन्दै सिरहाको हरेक समस्याको बारेमा आफूलाई जानकारी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले गिरीको सम्झनामा अस्पताल र बाटो निर्माणका लागि लहान नगरपालिकालाई अग्रसर हुनका लागि निर्देश गर्नु भयो ।

सैनिक हेलिकप्टर सवार भएर सिरहाको लहान आएका प्रधानमन्त्रीको सुरक्षाका लागि व्यापक रूपमा नेपाल प्रहरी , शस्त्र प्रहरी बल र नेपाल आर्मी तैनाथ पारिएको थियो । स्थानिय बस्तीपुर माविको परिसरमा हेलिकोप्टर अवतरण भएपछि स्थानियको भीड लागेको थियो भने बस्तीपुर देखि खुट्टी खोलाको छेउमा रहेको आश्रम सम्मको चारैतिरको सुरुक्षा व्यबस्था कडा पारिएको थियो ।

स्थानिय आश्रममा आम नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच सम्पन्न कार्यक्रमले सिरहाको गरिमालाई बढाएको आम बुझाई रहेको छ । गिरीको करिब ७५ वर्षको उमेरमा घाँटीको क्यान्सर र निमोनियाको कारण एक वर्ष अगाडि २०७९ भदौ ४ गते ललितपुरको नख्खु स्थित मेडीसिटी हस्पिटलमा उपचार क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१