Siraha Times
ताजा समाचार

सांघातिक हमलाको विरोधमा नवलपरासीमा बिरोध प्रदर्शन

  • भदौ २१, २०८०
  • ७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २१ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा नेपाली कांग्रेस केन्द्रिय सह महामन्त्री महेन्द्र यादवमाथि भएको घटनाको ‌बिरोघमा नेपाल तरुण दल नवलपरासीको आयोजनामा भुमही चोकमा बिरोध प्रदर्शन गरिएको छ । काठमाण्डौ स्थित रिपोर्टस क्लबबाट बोलेर बाहिरिने क्रममा नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि हिजो दिउसो करिब १ बजेर १५ मिनेटको समयमा सांघातिक हमला भएको थियो । दिनडहाडै प्रहरीलाई चुनौती दिँदै सार्वजनिक स्थलमा भएको खुकुरी प्रहार घटनाले सिंगो सुरुक्षा व्यवस्थालाई चुनौती दिएको छ । नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गरेपछि नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरु बिरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् ।

तरुण दल जिल्ला कार्यसमिति नवलपरासीद्वारा पूर्व पक्षिंम राजमार्ग स्थित भुमहि चोकमा चर्का नारासहित निकालिएको बिरोध र्यालीमा अगाडी व्यानर राखी स्थानिय बजार परिक्रमा गरी सरकारको चर्को बिरोध गर्दै गृह मन्त्रीको राजीनामा माग गरेका छन । स्थानिय चोक र बजारमा र्याली सहित निकालिएको जुलुशमा व्यापक नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बुझिएको छ ।संक्षिप्त टेलिफोन सम्पर्कमा एक सहभागीले घटनाको दोषीलाई कारबाही नभएसम्म बिरोध प्रदर्शन जारी राख्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१